काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् ।
सांसद कार्कीले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७१ बमोजिम देहायको जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिएको जानकारी दिएकी छन् ।
सांसद कार्कीले विपद् व्यस्थापनमा पुनरावलोकन, वृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी सम्बन्धी छलफल गर्न जरुरी सार्वजनिक...
Flash News
मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुले ७ स्वर्ण सहित १० पदक जित्न सफल
Himal Times -
क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ संवरण र ३ रजत गरि जम्मा १० मेडल जित्न सफल भएको छ ।
मलेसियाको सेलाङ्गोर राज्यको केलाङ शहरको esplanade mall मा भएको खेलमा पदकहरु जितेका हुन। जस मध्य नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, दर्शन बराल, रिशभ शर्मा र...
काठमाडौँ । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार मात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली...
काठमाडौँ । इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट खेल २४१ रनले जितेको छ ।
इङल्याण्डले दिएको ३८५ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले खेलको चौथो दिन १४३ रन मात्र बनाएपछि इङल्याण्ड २४१ रनले विजयी भएको हो ।
यसअघि इङल्याण्डले आफ्नो पहिलो इनिंगमा ४१६ रन बनाएको थियो भने जवाफमा वेस्ट इन्डिजले ४५७ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो इनिंगमा ४२५ रन बनाएको जवाफमा...
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७...
काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा भाग लिन आज चीनको कुनमिङ्ग जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
लम्सालले उक्त फोरममा आफ्नो मन्तव्य दिने छिन्। उनले फोरमको साइडलाइनमा उच्चस्तीय भेटवार्ता समेत गर्ने मन्त्रालयले जनाएको छ। सचिव लम्साल साउन १२ गते स्वदेश फर्किने छिन्।
काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।
नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
हाल देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी...
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन् ।
८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन् ।
पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो ।
बाइडेनले विज्ञप्तिमा...
काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको हो ।
नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् ।
त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २...
















