काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिने बताएका छन्।
जेएनजी आन्दोलनवाट बिस्थापित भए पछि पहिलो पटक संविधान दिवसको अवसरमा बक्तब्य दिदैँ देउवाले संबिधानवा नै निकास निस्कन सकिने जनाएका हुन्।
संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने...
काठमाडौं, ३ असोज ।नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पाैडेलले गरे क्षमायाचना गरेका छन् ।
संविधान दिवसको अवसरमा एक बक्तब्य जारी गर्दै एमालेका निर्णयको गम्भीर समिक्षा हुने जनाउँदै उनले भने, `मेरो तर्फबाट भएका गल्ति, कमजोरीप्रति क्षमायाचना गर्दछु ।´
उनले संविधान दिवसको शुभकामना दिदैँ लेखेका छन्:
-जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना व्यक्त गर्दछु। घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सम्माननीय...
काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौै २३ को आन्दोलन वास्तविक जेनजीको भएको बताएका छन्।
भदौै २३ र २४ गतेको आन्दोलनलाई फरक फरक तरिकाले बुझ्नु पर्ने भन्दै उनले अब देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता खोजेको बताएका छन् ।
१० अौै संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत...
काठमाडौं, ३ असोज ।संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना दिँदै पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिने...
काठमाडौँ, ३ असोज ।संविधान दिवसको अवसरमा विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी देशब्यापी रूपमा मनाइँदैछ ।
मुख्य गरि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुदैँछ।
जहाँ अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले विशेष सम्बोधन गर्दैछिन् ।
उता, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतले पनि संविधान दिवसको अवसरमा विशेष कार्यक्रम गर्दैछन् ।
काठमाडौं, ३ असोज । जेन जी आन्दोलन पछि प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा बिघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै सर्बोच्च अदालतका रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ।
अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर हिजो निवेदन पेश गरेका हुन्।
केपी शर्मा ओलीले राजीनामा दिइसकेको र संविधान बमोजिम सरकार गठन गर्ने विकल्पहरू हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान बमोजिम सरकार गठनको आह्वान नगरी, प्रतिनिधिसभाका...
काठमाडौं, ३ असोज ।बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरि समितिका बैठक तथा कामकारबाहीहरू नियमित गर्न निर्देशन दिए ।
छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा,...
काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ।
जेन-जी आन्दोलनका क्रममा दमन गरेको आरोप लागेपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो। परिसर प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी रमेश थापालाई पठाइएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौं परिसर प्रमुख फेरिएको बताएको छ। जेन-जी आन्दोलनका...
कुवेत, कुवेतमा घरेलु कामदारको रूपमा कार्यरत सर्लाहिकी मनमाया तामाङ लाई एनआरएनए कुवेतले उद्दार गरी सुरक्षित रूपमा नेपाल फिर्ता गराएको छ। उनलाई स्वास्थ्य समस्या देखिएपछि स्पोन्सरले अफिसमा पठाएका थिए, तर त्यहाँ बेहोस भएपछि फर्वानिया हस्पिटलमा २२ दिन आइसीयू र करिब ३ महिनासम्म उपचार गराइयो।
उद्दारको सम्पूर्ण प्रक्रिया एनआरएनए कुवेत, नेपाली दूतावास र आफन्तको सहकार्यमा सम्पन्न भएको हो। भारतिय नागरिकद्वारा सञ्चालित अफिसबाट...
प्रवास
कतारमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मानमा शोक सभा सम्पन्न
Himal Times -
कतार। नेपाल सरकारले २०८२ भाद्र २३ र २४ गते जेन-जी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मान स्वरूप १ असोज २०८२ (१७ सेप्टेम्बर २०२५) लाई राष्ट्रिय शोक दिन घोषणा गरेको थियो। यसै क्रममा कतारमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको आयोजनामा शोक सभा कार्यक्रम मुम्ताजा गोर्खाली रेष्टुरेन्टमा सम्पन्न भएको छ।
कार्यक्रममा सघ-संस्था का अग्रज, एनआरएनए अभियन्ता, समाजसेवी, बुद्धिजीवी, पत्रकारहरू...

















