काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७...
काठमाडौँ । दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेका छन्, ‘तिमी अरुसँग व्यस्त छौ । म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।'
महराले श्रीमान शेख मनालाई इन्स्टाग्राममा अनफलो गरेकी छिन् । यसबाहेक महराले श्रीमान्सँग पोस्ट गरेका सबै तस्विर पनि...
सञ्जय मिश्रा
रौतहट- बाराको कोल्हवी नगरपालिकास्थित करोडौंको लागतमा कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माण सुरू भएको छ।
कोल्हवी-१ स्थित कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माणका लागि मेयर रामप्रसाद चौधरी र उप-मेयर लक्ष्मी कुमारी चौधरीले सयुक्त रुपमा विधिवत पूजापाठ गरी उक्त भवनको शिलान्यास गरेका छन्।
आर्थिक करिडोर कार्यालय (रिड) बर्दिवास महोत्तरीको २ करोड ३९ लाख ४२ हजार ७७४ रुपैयाँ...
सञ्जय मिश्रा
रौतहट- रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ।
स्थानीय देवाही गोनाही नगरपालिका-७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडाले ज्यान सम्बन्धी मुद्दा दायर गरेको हो।
आरोपीहरूले विद्युतको पोलबाट जथाभावी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागेर गत सोमबार दिउँसो देवाही गोनाही-७ का ४५ वर्षीय...
काठमाडौँ । इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई गोल गरेका थिए भने डिएगो गोमेजले एक गोल गरेका थिए । त्यसैगरी डेरीक एटीएने जुनियरले टोरोन्टोका लागि एक गोल गरेका थिए ।
यस खेलमा हालै कोपा...
काठमाडौं - भिजिट भिसामा कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरो काठमाडौंको टोलीले बुधबार ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो।
ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाएका थिए। उनले त्यहाँ रहेका अर्का...
समाचार
भ्याली भ्यु स्कुल अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न, २७ विद्यालयका ४० विद्यार्थी सहभागिता
Himal Times -
काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलमा कविता वाचन र कविता प्रतियोगिता गरी भानुजयन्ती मनाइएको छ। २११औं भानुजयन्तीका अवसरमा सत्रौं उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितालगायत गतिविधि गरी विद्यालयले भानुजयन्ती मनाएको हो।
विद्यालयले आयोजना गरेको भानुजन्तीका अवसरमा वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठी, कवि तथा भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्साललगायतका कविहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डा. लम्सालले कविता वाचन गरेर...
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्तावापतको ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई...
चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार १९ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ ।
सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर,...
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण देखिएको छ । लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन् । उनले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताएकी छन् । बाइडेनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ । अब...

















