काठमाडौँ । काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्।
बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका छन् ।
उद्धार कार्य सञ्चालनमा ल्याउन विद्युत् सेवा सुचारु हुन समय लाग्ने भएकाले सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । अहिलेसम्म ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
केबलकारमा कति यात्रु फसेका छन्...
तनहुँ । शुक्लागण्डकी नगरपालिका-७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेख बहादुर थापा मगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई ५९ हजार ९ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान...
काठमाडौँ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
काठमाडौँ । आइसीसीले नेपालसहित ६ देशलाई आइसीसी डेभलपमेन्ट अवार्ड २०२३ प्रदान गरेको छ । आइसीसीका एसोसियट देश मध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ ।
ग्लोबल आइसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस, युएई र स्कटल्याण्ड रहेका छन् ।
जसमा मेक्सिकोले आइसीसी डेभलपमेन्ट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ भने ओमानले १०० प्रतिशत...
काठमाडौँ । खानेपानीमन्त्री प्रदीव यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालमा एडीबीले गर्दै आएका काम कारवाहीका विषयमा जानकारी दिएका थिए ।
सोही भेटघाटका क्रममा एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरुको बारेमा...
काठमाडौं । छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको हो ।
पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए...
अन्तराष्ट्रिय
बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा
Himal Times -
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा भएको छ । ढाका ट्रिब्यूनका अनुसार उक्त नोकरको नाम जहाँगीर आलम हो । उनले प्रधानमन्त्री हसिनाको घरमा पाहुनालाई पानी खुवाउँथे ।
जहाँगीरले हसिनाको कार्यालय र घरमा भएको कामको उल्लेख गर्दै धेरैसँग घुस लिएका थिए । काम गराइदिने बहानामा उनीसँग पैसा असुल्ने गरेको विषय बाहिर आएपछि अहिले छानबिन...
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७...
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ ।
चितवन प्रहरीका अनुसार अहिले नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको छ । अहिलेसम्म शवहरु घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेजसम्म पुगेको पाइएको छ ।
अहिलेसम्म १८ जनाको शव फेला परेकोमा ९ जनाको मात्र सनाखत भएको छ । सनाखत...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ ।
यसमध्ये ५८ वटा योजना वडाहरुबाट माग भएर आएका हुन् । सम्पदा तथा पर्यटन विभागका २८ वटा, हरियाली आयोजनाका १३ वटा, आयोगका ( वटा,...

















