Home Blog Page 769
काठमाडौँ । फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेलाई रियल म्याड्रिडमा स्वागत गरिएको छ । क्लबसँग आजै औपचारिक सम्झौतामा हस्ताक्षर गरेपछि एम्बाप्प लाई रियल म्याड्रिडको स्टेडियममा ८० हजार भन्दा बढी फ्यानहरुले स्वागत गरेका थिए । स्टेडियममा ८० हजार फ्यानहरुलाई सम्बोधन गर्दै एम्बाप्पेले आफ्नो बाल्यकालदेखिको सपना आज पुरा भएको बताएका थिए । उनले आफु रियल म्याड्रिडमा गोल गर्न र ट्रफी जित्नको लागि मात्र नआएको...
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन् । काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११...
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका महामहिम राजदूत फेलिसिटी भोल्कबीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय २० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७...
काठमाडौँ । पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह र अन्तरिक्षका बारेमा धेरै अनुसन्धानहरू भएका छन् । +प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा त भइरहन्छ तर पृथ्वीको मूल (भित्री भाग) बारे धेरै कुराहरू विज्ञानको नसुल्झिएको रहस्य नै रहेको छ । यो किनभने पृथ्वीको केन्द्र बिन्दु लगभग ५ हजार किमी छ । यो गहिरो छ र आजसम्म मात्र...
काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुईजना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामी रहेका छन्। कृषि प्राविधिकद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको...
काठमाडौँ । फ्लोरिडाको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजातहरू राखेको आरोपमा मुद्दा खारेज गरेको छ । न्यायाधीश इलिन क्याननले ट्रम्पको पक्षमा फैसला सुनाउदै यो मुद्दा ल्याउने अधिकार नभएको बताएका छन् । क्याननलाई ट्रम्पले नै नियुक्त गरेका न्यायाधीश हुन् । न्यायाधीशले क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएका छन् । फैसला पछि ट्रम्पले यो मुद्दा खारेज गर्नु पहिलो...
आजमिति २०८१ साल श्रावण १ गते मंगलबार तदअनुसार जुलाई १६ तारिख, नेपाल संवत ११४४, दक्षिणायन , वर्षा ऋतु , शुक्ल दशमी तिथी, विशाखा नक्षत्र, । साध्य योग   ।  चन्द्र राशि तुला । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म, •  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१८ • सुर्यास्त: बेलुका ०७: ०२ बजे   मेष (चु, चे, चो, ला, लि, लु,...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका  एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ मा प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् । ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन् । अब साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
- Advertisement -

POPULAR POSTS