Home Blog Page 770
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ...
काठमाडौं । अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ । दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए । यस अघि स्वास्थ्य मन्त्री बनेका यादव यस पटक खानेपानी मन्त्री बन्ने भएका छन् भने सुडीलाई महिला बालवालिका मन्त्रालय दिइने भएको छ ।
रौतहट । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमालतालमा परिरो गएर बेपताभएका परिवार लाई रौतहटस्थित गरुडा र परोहा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा पौडेर बाच्न सफल गरुडा ९ सिसवाका जुगेश्वर राय यादवको घरमा पुगेर मेयर कन्थमणि जैसवालले परिवारलाई धैर्य धारणको कामना गर्दै तत्कालको लागि २५ हजार नगद तथा खाद्यान्न हस्तान्तरण गरेका हुन् । मेयर जैसवालले समस्यामा परेका परिवारको स्वास्थ उपचार लगायत आवश्यक...
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् । सिंहले उपप्रधान सहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । मन्त्रीहरुको सूची: १- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास २- विष्णु पौडेल –  उपप्रधान तथा अर्थ ३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि ४- रमेश लेखक –...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत मोदीले ओलीलाई शुभकामना दिदै दुई देशको सम्बन्ध र मित्रतालाई अझ बलियो बनाउन र दुई पक्षीय हितको विषयमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम बहिस्कार गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा नेपाल अनुपस्थित रहेका थिए । ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई पुगेका थिए । एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनाएदेखिनै नेपालको ओलीसँगको सम्बन्ध राम्रो...
काठमाडौँ । पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । यस अघि गण्डकी प्रदेशका मुख्यमन्त्री बनिसकेका नेकपा एमालेका उपमहासचिव गुरुङ नयाँ सरकारमा सञ्चारमन्त्री बनेका हुन् ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका छन् । पौडेलले आज उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएका छन् । यस अघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेलले राम्रो अर्थमन्त्रीको छबि बनाएका छन् । उनी यस अघि २०७२ सालमा अर्थमन्त्री बनेका थिए भने त्यसपछि २०७७ मा पुन: अर्थमन्त्री बनेका थिए । पौडेल २०५३ सालमा नै पहिलो पटक मन्त्री...
काठमाडौँ । डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु हाल संसदको कृषि समितिको सभापति रहेकी थिइन् । यस अघि पटक पटक सांसद बनेपनि उनी मन्त्री बनेको भने पहिलो पटक हो ।
- Advertisement -

POPULAR POSTS