Home Blog Page 771
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् । सिंहले उपप्रधान सहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । मन्त्रीहरुको सूची: १- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास २- विष्णु पौडेल –  उपप्रधान तथा अर्थ ३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि ४- रमेश लेखक –...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत मोदीले ओलीलाई शुभकामना दिदै दुई देशको सम्बन्ध र मित्रतालाई अझ बलियो बनाउन र दुई पक्षीय हितको विषयमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम बहिस्कार गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा नेपाल अनुपस्थित रहेका थिए । ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई पुगेका थिए । एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनाएदेखिनै नेपालको ओलीसँगको सम्बन्ध राम्रो...
काठमाडौँ । पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । यस अघि गण्डकी प्रदेशका मुख्यमन्त्री बनिसकेका नेकपा एमालेका उपमहासचिव गुरुङ नयाँ सरकारमा सञ्चारमन्त्री बनेका हुन् ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका छन् । पौडेलले आज उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएका छन् । यस अघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेलले राम्रो अर्थमन्त्रीको छबि बनाएका छन् । उनी यस अघि २०७२ सालमा अर्थमन्त्री बनेका थिए भने त्यसपछि २०७७ मा पुन: अर्थमन्त्री बनेका थिए । पौडेल २०५३ सालमा नै पहिलो पटक मन्त्री...
काठमाडौँ । डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु हाल संसदको कृषि समितिको सभापति रहेकी थिइन् । यस अघि पटक पटक सांसद बनेपनि उनी मन्त्री बनेको भने पहिलो पटक हो ।
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर पाएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत प्रचण्डले आफ्नो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने मन्त्रीज्यूहरू, सङ्घीय संसदका सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)...
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बनेका छन् । भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् । २०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला शुरु भएकोमा अहिले फेरी श्रममन्त्री सम्म आइपुगेको छ । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिना विभागीय, खेलकुद...
मोरङ ।  बिराटनगर महानगरपालिका-४ ईक्राहिस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय २ किलोग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय सुरेश लिम्बु, धनकुटा सागुरिगडि गाउँपालिका-२ बस्ने ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बा.६ च...
- Advertisement -

POPULAR POSTS