Home Blog Page 772
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बनेका छन् । भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् । २०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला शुरु भएकोमा अहिले फेरी श्रममन्त्री सम्म आइपुगेको छ । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिना विभागीय, खेलकुद...
मोरङ ।  बिराटनगर महानगरपालिका-४ ईक्राहिस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय २ किलोग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय सुरेश लिम्बु, धनकुटा सागुरिगडि गाउँपालिका-२ बस्ने ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बा.६ च...
काठमाडौं । कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद बिद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् । भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । पर्यटनमन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर अधिकारीको निधन भएपछि बिद्या  उपनिर्वाचनमा कास्की- २ बाट पहिलो...
काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ । आज ३२२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार...
काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले  सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रस्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताएका छन् । शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै गृहमन्त्री लेखक सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रस्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताएका हुन् । मन्त्री लेखकले आफ्नो पहिलो काम प्राकृतिक प्रकोपबाट निर्माण भएको विषम परिस्थितिलाई सम्बोधन गर्ने हुने बताएका छन् ।  उनले आफ्ना सबै...
काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन्। शितल निवासमा पद तथा गोपनीयताको शपथपछि शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुनमन्त्रालयमा...
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रको तर्फबाट बागमती सरकारको नेतृत्व गरिरहेका जम्कट्टेलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्रीबाट राजीनामा नदिने बरु विश्वासको मत लिने टुंगोमा पुगेका हुन् । उनले साउन ६ गते विश्वासको मत लिन लागेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।...
भैरहवा । रुपन्देहीमा चालू आर्थिक वर्षको असार २७ गते सम्म पुजिगत बजेटको ३६ दशमलव ५३ प्रतिशत मात्रै खर्च भएको छ । विकास बजेटको रुपमा रहेको पूर्वाधारको आवश्यकता पुरा गर्ने बजेट पुजिगत खर्च नहुनु भनेकै विकास नहुनु हो । हरेक वर्ष पुँजीगत खर्च हुने कै कुरा उठान भए पनि ती घोषणाको रुपमा मात्रै हुने गरेको छ । अझै पनि अन्तिम समयमा...
काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । आइतबार सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेलमा भारतले जिम्बाबेलाई ४२ रनले पराजित गरेको हो । भारतले दिएको १६८ रनको लक्ष्य पछाएको जिम्बाबे १८.३ ओभरमा १२५ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । यस सिरिजमा पहिलो खेल...
भक्तपुर । भक्तपुरमा भएको चारदिने खेलकुद सप्ताह २०८१ आइबार सकिएको छ । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चांँगुनारायण भक्तपुरको आयोजनामा भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीहरु पुरस्कृत भएका छन् । प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरियो । कलेजको विद्यार्थी कल्याण तथा इसीए महाशाखाका प्रमुख विष्णुप्रसाद भण्डारी र प्राध्यापक आशिष झाले संयुक्त रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा छात्र एकल ब्याडमिन्टनमा...
- Advertisement -

POPULAR POSTS