Home Blog Page 784
इटहरी । सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–८ गोईसारमा अविरल वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी बस्तीमा पसेको छ । बस्तीमा खोला पसेपछि जोखिम रहेका घरपरिवारलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ । लगातारको बर्षाले खोलाहरुको बहाव बढेकाले किनारमा रहेका स्थानीयलाई सुरक्षित र सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित सुर्खेत, धनकुटा र मोरङबाट पाँच जना पक्राउ गरेको छ । सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१२ हरियाली टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-७ घर भएका २६ वर्षीया राधिका बुढा र सुर्खेत बिरेन्द्रनगर नगरपालिका-३ बस्ने २८ वर्षीय संजय केसी रहेका छन्...
काठमाडौँ ।  काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट  खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ९ सय ८० रूपैयाँ र ‍६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरूसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिएक छन् । मंगलबार समितिले सहकारी विभागका पूर्व रजिष्ट्रारदेखि हालका रजिष्ट्रारसँग सामूहिक छलफल गरेको थियो । छलफलका क्रममा सहकारी...
काठमाडौँ । विवाद पुन्तान्तरण गरेर, एक पुस्ताको मुद्दा अर्को पुस्तासम्म लैजाने प्रवृत्ति ठिक नभएको बताउँदै, काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले, विवाद जति छिटो समाधान गर्न सकियो, व्यक्ति, परिवार समाजलाई उत्ति नै लाभ हुने बताए । वडा नं. १ ले आयोजना गरेको न्यायिक संवाद कार्यक्रममा बोल्दै उनले भने, ‘विवादलाई छिटो समाधान गर्ने कानुनी व्यवस्थाका बारेमा जानकारी...
काठमाडौँ । जारी युरोकपको सेमीफाइनलको पहिलो खेल आजराती हुदै छ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदै छ । स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्पेनले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले...
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरु संसदमा आउन छोडेको र बाढी पहिरोबाट भएको क्षति बारे अहिलेसम्म जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । लेखकले सरकार अल्पमतमा परेको र विश्वासको मत लिने तयारी गरेको छ, तर पनि पदमा रहुन्जेल संसद र जनताप्रति...
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेपछि डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रतिक्रिया दिदै ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न नरोकिने बताएका छन् ।...
काठमाडौं । सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले प्रतिपक्षका सांसदहरुलाई असार २८ गतेसम्म पर्खिन आग्रह गर्दै नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्ने दाबि गरेका हुन् । उनले भने- ‘संसद्मा विश्वासको...
चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरेका छन् । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए । उपकरण हस्तान्तरण...
- Advertisement -

POPULAR POSTS