Home Blog Page 791
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव  टंकलाल घिसिङले पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुसँग छलफल गरेका छन् । सदस्य सचिव घिसिङले ओलम्पिकको तयारीका लागि बन्द  प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने कामका बिषयमा छलफल गरेका हुन् । साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने सात जना खेलाडीहरु मध्ये नेपालमै वन्द प्रशिक्षणमा रहेका...
काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो । भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुदै १३४ रन बनाएको थियो । जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्बाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले २६ रन...
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपति पदको उम्मेदवारी छोड्न दबाब बढिरहेको बेला उनले आफ्नो उम्मेदवार नछोड्ने जिकिर गरिरहेका छन् । एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले आफुले उम्मेदवारी नछोड्ने बताउदै भने-‘जबसम्म भगवान आफैं नआउनुहुन्छ र मलाई उम्मेदवारी छोड्न भन्नुहुन्छ, तबसम्म म पद त्याग्ने छैन ।' डोनाल्ड ट्रम्पसँगको पहिलो बहस हारेपछि बाइडेनले उम्मेदवारी छोड्नुपर्ने धारणा बलियो हुदै गएको छ । डेमोक्रेटिक पार्टीका...
काठमाडौँ । जारी युरोकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो । २४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्डस रहेका छन् । स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टी...
काठमाडौँ । कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक एक गोल गरेका थिए । यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । त्यस्तै...
काठमाडौँ । नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न जारी युरोकपको क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेदरल्याण्डसको जितमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए । त्यस्तै टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १-० गोलले अगाडी रहेको टर्कीले...
काठमाडौँ । इङल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्वीजरल्याण्डका...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने...
आजमिति २०८१ साल असार २३ गते आईतवार तदअनुसार जुलाई ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल द्वितीया तिथी, तिष्य नक्षत्र, । हर्षण योग   ।  चन्द्र राशि कर्कट । यो  शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म, •  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१५ • सुर्यास्त: बेलुका ०७: ०३ बजे   मेष (चु, चे, चो, ला, लि, लु, ले,...
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । आज बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्दै छ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो ।
- Advertisement -

POPULAR POSTS