Home Blog Page 798
काठमाडौँ । ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको 'ट्राफिक पुलिस मिरर २०२४' को आज बिमोचन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मिररको बिमोचन गरेका हुन् । प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको ट्राफिक पुलिस मिररको...
काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १५. ४६ अङ्कले बढेर दुई हजार ११९. ६९ अङ्कमा रोकिएको हो । आज ३१३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६७९ कित्ता शेयर ८४ हजार १२६ पटक खरिदबिक्री हुँदा छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको कारोबार भएको छ । आज वित्त समूह ०.५९...
काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज मिति २०८१ आषाढ २० गते छिचोलिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए । सो...
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको रिटको सुनुवाई आजपनि हुदै छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मंगलबार सुनुवाई नसकिएपछि...
काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गत चार्लोटविरुद्ध जित हासिल गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले चार्लोटलाई २-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा रोबेर्ट टेलर र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए । त्यस्तै चार्लोटका लागि पाट्रीक आग्येमांगले एक गोल गरेका थिए । यस खेलमा चार्लोटका लागो गोल गरेका पाट्रीकले खेलको...
सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ । जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र वर्षातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासंगै बर्षाको पानी  विद्यालयको प्राङ्गणमा समेत जमेपछि अध्ययनरत बालबालिका लाई कठिनाई भएको छ। दुर्गा भगवती १ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमा समेत पानी जमेर...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ।  कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी,...
  आजमिति २०८१ साल असार २० गते विहिबार तदअनुसार जुलाई ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको त्रयोदशी तिथी, मृगाशिरा नक्षत्र, । गण्ड योग   ।  चन्द्र राशि वृष । यो  अशुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४१ देखि १२:३६ सम्म, •  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१३ • सुर्यास्त: बेलुका ०७: ०३ बजे   मेष (चु, चे, चो, ला, लि, लु,...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार १२ घण्टा भन्दा समय बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट समेत निलम्बन गरेको हो । ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ...
काठमाडौँ ।  फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुनेछन् । नेपालबाट सहभागी हुने खेलाडीहरु अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले जानकारी दिएको छ । नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र...
- Advertisement -

POPULAR POSTS