काठमाडौँ । नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी गाक्पोले एक गोल गरेका थिए ।
योसँगै नेदरल्याण्डस क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ र यो खेल जुलाई ६ मा हुने छ । त्यसैगरी यो हारसँगै रोमानियाको युरोकप...
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको २६ रुपैयाँ पर्ने भएको छ ।
त्यस्तै न्यू शक्ति नुनको मुल्य प्रतिकिलो...
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो । फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो प्रदर्शनीको अवलोकन...
सञ्जय मिश्रा
रौतहट- मधेश प्रदेश अन्तर्गतको सामुदायिक विद्यालयको शिक्षाको अवस्था दयनीय रहेको छ।
बारा र रौतहटको अधिकांश सरकारी सामुदायिक विद्यालयहरूमा एक सय विधार्थी संख्यामा मात्र एक जना शिक्षक रहेको पाइएको छ।
राजतन्त्र हुँदै हाल संघीयतासहितको लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्दा सरकारी नीतिमा कुनै परिवर्तन भएको देखिएन। नेपाल सरकारको शिक्षा नियमावलीमा प्रति ४० जना विद्यार्थी संख्यामा एक जना दरबन्दीको शिक्षक हुनुपर्ने रहेको छ।
तर, बारा-रौतहटसहित मधेश...
काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा भव्य स्वागत गरेको छ ।
कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन् ।
कांग्रेसले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने सहमति गरेको अर्को दिन ओली सानेपा पुगेका थिए । ओलीलाई कांग्रेस सभापति शेरबहादुर...
काठमाडौं । नेप्से परिसूचक ४७.०४ अंक बढेको छ । मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो ।
आज कुल ३१५ कम्पनीका चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो । त्यसपछि पुनः पाँच प्रतिशत...
चितवन । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।
दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।
मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँगको छलफलपछि यस्तो निर्णय गरेको हो ।
छलफल पछि सञ्चारकर्मीहरुसँग कुरा...
काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।
यस प्रकरणमा थापासहित ३० जनाविरूद्ध ०८० जेठ १०...
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन् ।
संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।
प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० माघ २३ देखि सचिव पद रिक्त थियो ।

















