Home Blog Page 801
काठमाडौँ । भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२० भक्तजनको मृत्यु भएको छ । भारतीय मिडियाहरुले भागदौडमा १२० जनाभन्दा बढीको मृत्यु भएको र कयौं घाइते भएको उल्लेख गरेका छन् । हाथरसका डीएम आशिष कुमारले सय जना भन्दा बढीको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ । घटनाको छानबिन गर्न उच्च अधिकारीहरूको एक...
काठमाडौं । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । मंगलबार अपराहन्न बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । ज्ञवालीले संसदका दुई ठुला दल सहमतिमा आएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्दै एमालेले प्रधानमन्त्रीलाई सो अवसर दिने र मार्गप्रशस्त नगरेमात्र थप निर्णय लिने...
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेको आरोप लगाएको छ । एमालेको सचिवालय बैठकपछि निर्णय बारे जानकारी दिदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहमतिको सरकार गठनको प्रस्ताव गरेपछि आफुहरुले अहिलेको गठबन्धनको विकल्प खोजेको दाबी गरेका छन् । ज्ञवालीले एमाले यहि गठबन्धनलाई अगाडी बढाउन प्रतिबद्ध रहेपनि यस पटक प्रचण्डले फेरी कांग्रेससँग मिलेर सरकार बनाउन...
काठमाडौँ । लक्ष्मण सुवेदीको निर्देशनमा बनेको तेस्रो फिल्म ‘सतीदेवी’ पूर्वघोषित मिति साउन ४ गतेबाट झन्डै एक महिना पछाडि सरेको छ । भदौ ७ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण कम्पनी दिलासा क्रियशनले एक विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ । मलिका महत, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा...
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।
काठमाडौँ । पोर्चुगल जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । अतिरिक्त समयको १०५औ मिनेटमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए । रोनाल्डोले हानेको...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग...
आजमिति २०८१ साल असार १८ गते मंगलबार तदअनुसार जुलाई २ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको एकादशी तिथी, भरणी नक्षत्र, । घृती योग   ।  चन्द्र राशि मेष । यो  शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३५ सम्म, •  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१२ • सुर्यास्त: बेलुका ०७: ०३ बजे   मेष (चु, चे, चो, ला, लि, लु,...
काठमाडौँ । आइसीसीले टी- २० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ । आइसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेत देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन् । जसमा कप्तान रोहितसहित सूर्यकुमार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, जसप्रित बुमराह र अर्शदीप सिंह रहेका छन् । त्यस्तै विश्वकपको टिम अफ द टुर्नामेन्टमा अफगानिस्तानका तीन खेलाडी रहेका छन् । जसमा...
काठमाडौं । बालबालिकामाथि डिजिटल माध्यमबाट हुने यौन हिंसा रोक्न माग गर्दै गैरसरकारी संस्था सिविन नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा सिविनले मन्त्रालयका उपसचिव एवं बाल संरक्षण तथा विकास शाखा प्रमुख दीपक ढकाललाई ज्ञापन पत्र बुझाएको हो। संस्थाका कार्यक्रम निर्देशक कुमार भट्टराईले उपसचिव ढकाललाई १३ बुँदे ज्ञापनपत्र बुझाएका हुन्। पछिल्लो समय अनलाइनमा बालबालिकाको...
- Advertisement -

POPULAR POSTS