काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताएका छन् ।
आजदेखि सुरु भएको एकीकृत समाजवादीको महाधिवेशन एमालेका नेताहरु अनुपस्थित भएपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० पटक फोन गरेको दाबि गरेका हुन् । महाधिवेशन एमोलेले बहिष्कार गरेको विषय कार्यकर्ताले उठाएपछि आफूले १० पटक फोन गरेको उनले...
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् ।
शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन् ।...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झालाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो ।
झाविरुद्ध लिखित किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसान्धान गर्ने भएको छ । उनी...
भैरहवा । आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैकरोडका अधिकांस पसलहरुमा पानी पसेको छ ।
केही समय मात्रै भएको भार्ी वर्षाले बैकरोड सहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजारनै जलमग्न भएकोे हो । पानीको निकाश नभएको कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ ।
घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै...
काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन्।
शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाइलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन्।
अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए।
महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन्। वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा...
काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हैस्ल गरेको छ ।
आइतबार सम्पन्न समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरको हो ।
अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए । उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल गरेका थिए । उनको यस कोपामा कुल चार गोल गरेका छन् ।
यो...
काठमाडौँ । इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ । चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जुलाई ५ मा दोस्रो चरणको मतदान हुने भएको हो ।
राष्ट्रपतीय निर्वाचनमा समाज सुधारक मसुद पेजेस्कियान र कट्टरपन्थी सईद जलिलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
तेहरान टाइम्सका अनुसार मसुद पेजेस्कियानले कुल ४२.४३...
काठमाडौँ । टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।
रोहित शर्माले भने, 'यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ,...
काठमाडौँ । जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एक एक गोल गरेका थिए । यो जितपछि क्वाटरफाइनलमा अब जर्मनीले स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ ।
त्यस्तै यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदै छ ।
आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास...

















