काठमाडौँ । फ्रान्समा आम निर्वाचनको अभियान सकिएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टीले अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीलाई समर्थन नगर्न अपील गरेको छ ।
तर, संसदीय निर्वाचनमा मतदाताले राष्ट्रिय जनसभालाई ऐतिहासिक जनादेश दिन सक्ने देखिन्छ । फ्रान्समा जुन ३० मा पहिलो चरणको निर्वाचन हुँदैछ । दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुँदैछ । फ्रान्सका प्रधानमन्त्री गेब्रियल एटलले यदि मतदाताले...
काठमाडौँ । भारतको लद्दाखको सीमा रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको जनाएको छ ।
शुक्रबार यी सैनिकहरू ट्याङ्कसँग अभ्यास गरिरहेको बेला नदी तर्ने क्रममा पानीको सतह एक्कासी बढेको थियो । दुर्घटना हुँदा ट्याङ्कीमा पाँच जना सैनिक थिए । जसमा एक जेसीओ र चार सैनिक...
बिशाल ।
१५ असार, महोत्तरी
बर्दिवास नगर क्षेत्रमा यतिवेला चिया र चोकहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरका जनप्रतिनिधिहरुलाई वयान लिएको बिषयले तातेको छ ।
पर्यटन शिर्षकमा रहेको बजेटलाई रकमान्तर गरी ठेक्केदार कम्पनीलाई राजस्व छुट दिएको र उक्त छुट दिने निर्णय नगर कार्यापालिका बैठक र नगरसभावाट पास गरेको बिषयको वैधानिकतालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनदेखि उनीहरुलाई वयान लिइरहेको छ ।
नगरभरीका जनप्रतिनिधिहरुको बयान र कानुनविपरित राजस्व जस्तो बिषयमा...
काठमाडौं । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका छन् ।
रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको राष्ट्रपति सचिवालयले जनाएको छ ।
काठमाडौं । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा मेसिनबाट धान रोपेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग गरि धान रोपेका हुन् ।
उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो ।
काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा अहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार उक्त फिडर अन्तर्गत पर्ने खुलामञ्च क्षेत्र, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा, भन्सार...
राजनीति
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा- प्रधानमन्त्री
Himal Times -
रत्ननगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन् ।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए ।
“जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर...
काठमाडौं । जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुदै छन् । नकआउट चरणको खेलमा आज जर्मनी र डेनमार्क खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदै छ ।
युरोकपको आयोजक समेत रहेको जर्मनीले समुह ए मा ३ खेल मध्ये २ जित र एक बराबरीसहित शिर्ष स्थानमा रहदै नकआउटमा पुगेको छ ।
त्यस्तै डेनमार्कले समुह सीबाट...
मार्गारीटा रोड्रिगेज
बिबिसी
स्नायुवैज्ञानिक हिमो बोर्हिनले मानिस मर्दा मस्तिष्कमा के हुन्छ भन्ने कुरा मानिसलाई लगभग थाहा नभएको थाहा पाएपछि छक्क परिन् । हिमो बोर्हीनले बीबीसीलाई भनिन्, 'हामीले मुसामा प्रयोग गरिरहेका थियौँ र शल्यक्रियापछि उनीहरुको दिमागबाट निस्किएको अनुगमन गरिरहेका थियौँ ।' अचानक दुई मुसा मरे । जसका कारण उनीहरुले ती मुसाको मस्तिष्कमा हुने मृत्युको प्रक्रियालाई निगरानी गर्ने अवसर पाएका थिए । हिमोले...

















