काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।
सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।
अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।
काठमाडौँ । रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा अत्याधुनिक हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । गोलीबारी दागिस्तानको डर्बेन्ट शहरमा भएको रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ ।
बन्दुकधारीहरूको आक्रमणमा प्रहरीसहित कम्तिमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।
रुसी समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलले जवाफी कारबाहीमा चार आतंककारीलाई मारेको छ ।...
खेलकुद
स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुदै, स्वास्थ्य अवस्था स्थिर
Himal Times -
काठमाडौँ । जारी युरोकपमा हंगेरीका फरवार्ड बर्नाबास भार्गा स्कटल्याण्डका गोलकिपर एनगस गनसँग ठोक्किएपछि घाइते भएका छन् ।
खेलको ८० मिनेटपछिको खेलमा दुवै खेलाडी ठोक्किएपछि भार्गा घाइते भएका थिए । उनलाई खेल केहि बेर रोकेर तत्काल मैदानमै प्राथमिक उपचार दिइएको थियो । उनलाई खेलाडीहरुले छोपेर मैदानमा उपचारपछि अस्पताल लागिएको थियो । हंगेरीको फुटबल फेडेरेसनले उनको अहिले अस्पतालमा उपचार भइरहेको, अवस्था स्थिर...
अर्थ
दशरथचन्द नगरपालिकाले गाडी मर्मत र इन्धनमै सक्यो आधा करोड, एउटालाई दिनुपर्ने भुक्तानीमा आर्कैको बिजक
Himal Times -
धनगढी । बैतडीको दशरथचन्द नगरपालिकाले इन्धन र गाडी मर्मतका नाममा आधा करोडभन्दा बढी खर्च गरेको पाइएको छ।
नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा मनलाग्दी खर्च गरेको पाइएको हो। सवारीसाधन मर्मत र इन्धन वितरण मापदण्ड बनाएर गर्नुपर्ने भए पनि नगरपालिकाले त्यसो नगरेको पाइएको छ।
मापदण्ड बिनै मनलाग्दी रुपमा ५२ लाख ३२ हजार रुपैयाँ खर्च गरेको पाइएपछि नगरपालिकाको चर्को आलोचना भइरहेको छ।
सरकारी सवारीसाधन...
काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन् ।
सोनाक्षी र जहीरको परिवारले न हिन्दू र मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरुले कोर्ट म्यारिज गरेका थिए ।
विवाह दर्तापछि उनीहरुले मुम्बईको वर्लीमा रिसेप्शनको आयोजना गरेका...
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दै छ ।
बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यस्तै विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यसैगरी आज राष्ट्रियसभामा उत्पति भएको 'सुरक्षित कारोबार (पहिलो...
काठमाडौँ । जारी टी-२० विश्वकपका सुपर आठका खेलमा आज दुई खेल हुदै छन् । आज पहिलो खेल वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच हुदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।
सुपर आठमा दक्षिण अफ्रिकाले यस अघि खेलेका दुवै खेल जितेको छ भने यो खेल जितेमा सेमिफाइनलमा...
काठमाडौँ । जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन् ।
गएराती सम्पन्न समुह ए अन्तर्गतको समुह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन् ।
यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए । यस अघि स्वीजरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै...
काठमाडौँ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती गण्डकी, लुम्बिनी...
काठमाडौँ । इङल्याण्ड जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङल्याण्डले समुह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछाएको इङल्याण्डले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
इङल्याण्डका लागि कप्तान जोस बटलरले आक्रामक ब्याटिंग गर्दै ३८ बलमा ८३ रन...















