काठमाडौँ । पोर्चुगल जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।
पोर्चुगलको जितमा बेर्नान्डो सिल्भा र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए भने एक गोल टर्कीका सामेत अकायदिनले आत्मघाती गोल गरेका थिए ।
यो पोर्चुगलको लगातार दोस्रो जित हो । यस अघि...
वीरगन्ज । पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित तीनजना मानिसलाई पक्राउ गरेको छ । स्थानिय ठोरी गाउँपालिका ४ गोरखपुर टोलमा प्रहरीले बिशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी तौल भएको दुईवटा हात्तीको दारा बरामद गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता डिएस्पी दिपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन...
रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रवार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चारजना घाइते छन् ।
सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा तर्फ जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कारपियो गाडीको पछाडि देब्रे तिरको चक्का...
काठमाडौं । काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुल, कक्षा ५ मा अध्ययनरत १ सय ३४ जना छात्रछात्राले नागार्जुन नगरपालिकास्थित रानीबारीको मानवसेवा आश्रममा सहयोग गरेका छन्। विद्यार्थीहरूले आश्रममा स्थलगत भ्रमण गरी त्यहाँ रहेका असहाय, रोगी तथा पीडित मानवहरूलाई सहयोग गरेका हुन्।
उनीहरूले फजुल खर्च नगरी आफूले बचाएको २५ हजार ५५ रुपैयाँ मिलेर सहयोग गरेका हुन्। स्वेच्छिक रूपमा आश्रममा आश्रितहरूको भोजन कोषका लागि...
काठमाडौं । प्राध्यापक घनश्याम कँडेलको जीवनी, व्यक्तित्व, कृतित्व आधारित ‘घनश्याम कँडेलको साहित्यसाधना’ शीर्षकको ग्रन्थ सार्वजनिक गरिएको छ। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा ग्रन्थको लोकार्पण गरिएको हो।
जीवनवृत्तमा घनश्याम कँडेल, परिवार र स्वजनका दृष्टिमा घनश्याम कँडेल, समालोचनामा घनश्याम कँडेल, अन्तर्वार्तामा घनश्याम कँडेल, भूमिकाहरूमा घनश्याम कँडेल, घनश्याम कँडेलका आफ्ना भनाइहरू, घनश्याम कँडेलका दृष्टिमा विशिष्ट समालोचकहरू, सम्मान तथा तस्बिरमा घनश्याम कँडेल जस्ता शीर्षकहरू...
पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तु सिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा एक जना सिकारीको ज्यान गएको छ । आज बिहान करिब ८ : १५ मा निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो ।
सो झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका...
गौर । राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा राजेश पासवान दोहरीएका छन् ।
सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले पासवानको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा दिपेन्द्र रजक, सचिवमा सुनिल रजक, सहसचिवमा शम्भु दास र कोषाध्यक्षमा प्रदिप कुमार दास निर्वाचित भएका छन् । त्यसगरी सदस्यहरुमा अमृता पासवान,जयनरायण पासवान,गोपाल महरा र आदित्य रजक निर्वाचित भएका छन् ।
त्यसैगरी संघको...
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ।
शनिबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८० र ०८१ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित आय-व्यय सहितको बजेट सर्वजनिक गरेका हुन् ।
वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष...
अन्तराष्ट्रिय
बंगलादेश र भारतबीच रेल कनेक्टिभिटी, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि सम्झौता
Himal Times -
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दुई दिने भ्रमणका लागि भारत पुगेकी छन् । शेख हसिना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।
यसअघि शेख हसिनाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरिन् । यसअघि शेख हसिना पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन जुन ९ मा भारत पुगेकी थिइन् ।
दुई नेताबीच भएको भेटबारे...
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन् ।
एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम...

















