Home Blog Page 838
बिष्णु गिरी 'निश्चल' सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेको देख्दा मनै आन्दीत भयो...
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको...
काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली सेना भित्र गणतन्त्र नआएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिदै नेपाली सेना भित्र लोकतान्त्रिकरण गर्नु पर्ने बताउदै सेनामा गणतन्त्र नआएको जस्तो आफुलाई लागेको टिप्पणी गरेका हुन् । उनले भने,‘नेपाली सेनाको अझै आधुनिकीकरण,पेशागत हिसाबले सक्षम बनाउनुपर्नेछ। सेनाभित्र लोकतान्त्रिकरण गर्नुपर्नेछ, त्यहाँभित्र गणतन्त्र आएको छैन भन्ने...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविश्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । ‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र...
काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताए । “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर...
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो । मन्त्री भण्डारीले बेलायती राजदूतसंगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रको साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको लागि ठोस प्रयास हुने विश्वास व्यक्त...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको शारदा माध्यमिक विद्यालय हुम्लिङ्गका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीसमेत चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गैर कानुनी लाभ तथा हानी पुर्‍याइ एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक भट्टराईसहित चारजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको हो । आयोगका प्रवक्ता नरहरि...
काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले प्रदेश सरकारको सो निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गर्दै अन्तिरिम आदेशका लागि छलफलमा बोलाएको छ । मुख्यमन्त्री सिंह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडको योजना...
कुवेत । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो । यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन् । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन् । भारतीय राजदूत पनि घटनास्थल पुगेका छन् । भारतीय दूतावासले...
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत् रूपमा शुभ मुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहावीरदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न...
- Advertisement -

POPULAR POSTS