काठमाडौँ । कुनै समय म्युजिक भिडियोमा व्यस्त तथा सफल नाम बनेका दीपेन्द्र केसी पछिल्लो समय भिडियो निर्देशनमा सक्रिय छैनन् । फिल्मलाई गन्तव्य मानेर ओस्कार कलेजमा अध्यन गरेपछि उनले फिल्म निर्देशनको यात्रामा अगाडि बढ्दै डकुमेन्ट्री तयार गरेका छन् ।
‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’को ट्रेलर सार्वजनिक गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य...
काठमाडौँ । क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् । प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका लागि रिहा गरेको छ । उनी पछिको मितिमा ओन्टारियोको ब्राम्प्टनको अदालतमा उपस्थित हुन भनेको छ।
क्यानडाको पील क्षेत्रीय प्रहरीले ९१ बर्षिय स्ट्रोङ्कलाई १९८० र २०२३ को बीचमा महिलाहरूलाई यौन दुर्व्यवहार...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज वागमती प्रदेशको उत्कृष्ट पालिका अवार्ड प्रदान गरेको हो ।
मूल्याङ्कनका लागि राखिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय...
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० पुगेको छ ।
यस अघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्म नेपालमा कायम भएको उच्च...
काठमाडौँ । इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ । इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको दाबी गरेको छ । इजरायलीहरूलाई मुक्त गर्ने अभियानमा ५० प्यालेस्टाइनीको मृत्यु भएको मिडिया रिपोर्टमा बताएको छ ।
उद्धार गरिएका बन्धकहरूमा नोआ अर्गामानी नामकी २५ वर्षीया युवती पनि छन्, जसलाई हमास लडाकुहरूले जबरजस्ती मोटरसाइकलमा लगेर लगेका थिए...
काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलका लागि खेलको ९६औं मिनेटमा एनड्रिकले निर्णायक गोल गरेका हुन् । यस अघि ब्राजिलका लागि आन्द्रेज पेरेइरा र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । त्यस्तै मेक्सिकोका लागि जुलियन क्युइनोनेज र गुइलेर्मो मार्टिनेजले एक...
काठमाडौँ । वेस्ट इन्डिजले जारी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले युगाण्डालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछाएको युगाण्डाले १२ ओभरमा अल आउट हुदै ३९ रन मात्र बनाएको हो । यो टी-२० विश्वकपको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम टोटल हो ।
यस अघि २०१४...
काठमाडौँ । यहि जुन १४ बाट युरोपको फुटबलको महाकुम्भ युरोकप शुरु हुदै छ । जर्मनीमा हुने यस युरोकपमा युरोपका २४ देशले भाग लिदै छन् ।
युरोकप आउन अब एक सातामात्र बाँकी रहदा धेरै उच्च प्रोफाइल फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन् । केहि खेलाडीहरू चोट र निलम्बनका कारण तथा केहि खेलाडीहरु राष्ट्रिय टिममा छनौट हुन नसकेका कारण युरोकपमा नदेखिने...
काठमाडौँ । लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् ।
मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।
मोदीले आज साँझ ७: १५ बजे राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिनेछन् । राजघाटपछि नरेन्द्र मोदी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिमा पुगेर पुष्पहार अर्पण गरेका थिए ।
शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त...
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका कलाकार घनश्याम गौतम एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका छन्।
तेस्रो स्टेजको आन्द्राको क्यान्सरसँग लडिरहेका नक्कली प्रचण्डको उपनामले परिचित कलाकार गौतम गत वर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क परेका बेला क्यान्सर भएको पुष्टि भएपछि काममा फर्किन सकेनन्। उपचारमा आर्थिक अभाव भएका बेला कलाकार गौतमलाई गोरेटो कन्सलट्यान्सीले आर्थिक सहयोग गरेको...

















