राजनीति
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ- प्रधानमन्त्री
Himal Times -0
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् ।
डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उहाँले बजेटमार्फत दश वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष...
काठमाडौँ । नरेन्द्र मोदीले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएबाट आज सरकार गठनको दाबि पेश गर्ने तयारी गरेका छन् ।
हालै सम्पन्न लोकसभा निर्वाचनमा एनडीए गठबन्धनको २९३ सिट हासिल भएसँगै आज सरकार गठनको दाबि पेश गर्ने तयारी गरेका हुन् ।
त्यसपछि आजै एनडीए गठबन्धनको बैठक बस्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । बैठकले नरेन्द्र मोदीलाई गठबन्धनको नेता चयन गर्न लागेको...
काठमाडौँ । भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन् ।
यस अघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ । जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ ।
यस अघि यस शो का लागि संजय दत्तले होस्ट गर्ने...
काठमाडौं । सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकार परिवर्तन हुँदा राजदूतलाई पनि फिर्ता बोलाउने विगतदेखिको परम्परा रहेकाले यसपटक पनि विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाइएको बताएकी हुन् ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी मुलुक भारतसहित विभिन्न ११ मुलुकका नेपाली राजदूतहरूलाई तत्काल...
काठमाडौँ । काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते आव्हान गरिएको छ । काठमाडौँ महानगरले एक सूचना प्रकाशित गर्दै जेठ ३२ गते राष्ट्रिय सभा गृहमा १५औं नगर अधिवेशन हुने भएको हो ।
सूचनामा भनिएको छ- 'काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको संवत् २०८१ जेठ १८ गतेको ३२औं बैठकको निर्णयानुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ र बागमती प्रदेश...
काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बैठकमा एनडीएका सबै २९३ लोकसभा सांसद, राज्यसभा सांसदहरू र सबै राज्यका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए । रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीका लागि नरेन्द्र मोदीको नाम प्रस्ताव गरेका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् ।
प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो।
उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि...
काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० हजारसहित नापी कार्यालय, चन्द्रौटा नजिकैबाट पक्राउ गरेको...
काठमाडौं । सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी छ । संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो ।
एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि काम थाल्न कार्यालय पनि व्यवस्थापन भइसकेको छ ।
समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन...
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा वः महोत्सव हुने भएको छ । वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाई मनपर्ने अण्डा, माछा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकारप्रकार दिइ पकाइने विशेष प्रकारको रोटी हो । यो नेवार समुदायको विशिष्टकृत खानाको परिकार पनि हो ।
नेवार समुदायको महान चाडहरुमध्ये एक चाड सिथि नखः को दिन वः...
















