Home Blog Page 862
काठमाडौँ । टी-२० विश्वकप अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो । भारत यस...
काठमाडौँ । भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् । एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ । २०१९ को लोकसभामा बिजेपीले २९३ सिट जितेको थियो भने एनडीए गठबन्धनले ३४२ सिट जितेको...
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी,वाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहेको छ। कोशी,वाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरी सहित हल्का वर्षा भैरहेको छ । आज...
काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । रियल म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए...
आजमिति २०८१ साल जेठ २० गते आईतबार तदअनुसार जुन २ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको एकादशी तिथी, रेवती नक्षत्र, । आयुष्मान योग   ।  चन्द्र राशि मिन। यो  शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:३०सम्म, •  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९ • सुर्यास्त: बेलुका ०६:५६ बजे   वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।       मेष (चु,...
काठमाडौँ । आइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन् । आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल हुदै छ । डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ । त्यस्तै दोस्रो...
काठमाडौँ । दक्षिण अफ्रिकामा भएको आम निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल गर्न असफल भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म ९७.२५ प्रतिशत मत गणना हुदा नेल्सन मण्डेलाको पार्टी अफ्रिकन नेसनल कांग्रेसले सबैभन्दा बढी ४०.१३ प्रतिशत मत पाए पनि सरकार गठनका लागि आवश्यक ५० प्रतिशत मत प्राप्त गर्न सकेन । अफ्रिकन नेसनल कांग्रेस (एएनसी) ले बहुमत नपाएका ३० वर्षमा यो...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन् । शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । ओलीले बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको आरोप समेत लगाएका छन् । उनले भने-‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो । छलफल नहुँदा...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो । त्यस्तै समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र...
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् । इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदै छ । रियल म्याड्रिडले सेमिफाइनलमा जर्मनी क्लब बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने डोर्टमण्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गर्दै फाइनलमा पुगेको...
- Advertisement -

POPULAR POSTS