काठमाडौँ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ...
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बस्दै छ ।बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ ।
यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शिर्ष नेताहरुको बैठक बसेपनि सहमति हुन सकेको थिएन ।
कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित...
आजमिति २०८१ साल जेठ १३ गते आईतवार तदअनुसार मे २६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको तृतिया तिथी, मुल नक्षत्र, । साध्य योग । चन्द्र राशि धनु । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२८ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:११
• सुर्यास्त: बेलुका ०६:५२ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष...
भोजपुर । टेम्केमैयुङ गाउँपालिका-४ नागी बस्ने ६३ वर्षीय राज कुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणी प्रसाद राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बाख्राले बाली खाएको विषयमा वादविवाद हुँदा मणी प्रसादले बन्दुक प्रहार गर्दा राज कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई...
राजनीति
‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’विरूद्ध सातै प्रदेशमा आन्दोलन गर्ने आजपाको निर्णय
Himal Times -
सञ्जय मिश्रा
काठमाडौं- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले ‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ हावी भएको भन्दै त्यसविरूद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने भएको छ। यो कार्यक्रममा सातै प्रदेशमा अभियानको रूपमा अगाडि बढाउने निर्णय उक्त पार्टीले गरेको छ।
काठमाडौं कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा शनिबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। आजपा अध्यक्ष एवम् पूर्वमन्त्री साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा...
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन् ।
बालेनले शनिबार सामाजिक संजालमा एक पोष्ट गर्दै काठमाडौँको कलंकीदेखि महानगरको सडक निर्माण अलपत्र पारेको भन्दै महानगरले अनाहकमा गाली खाएको उल्लेख गर्दै मन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन् । उनले आज सडक...
काठमाडौँ । ‘चपली हाइट’ फेम निर्माता अर्जुन कुमारले सानो संसार नामको फिल्मको निर्माण गर्न लागेका हुन् । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरिएको छ ।
फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी सीतादेवी तिमल्सिना (केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती) ले मुहूर्त सट दिएकी थिइन् ।
सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा सीतादेवीसहित राज पंगेनी शर्मा, अनु दाहाल,...
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ ।
शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गरेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक...
काठमाडौँ । भारतीय क्रिकेटर हार्दिक पाण्डेयको समस्या बढ्नेक्रम जारी रहेको छ । यस सिजन मुम्बई इण्डियनको कप्तान बनेदेखि नै चर्चामा रहेका हार्दिकको प्रदर्शन यस सिजनमा सोचे अनुसार हुन सकेन ।
यसको असर हार्दिकलाई मात्र परेन उनको टिम मुम्बई इण्डियन्सलाई पर्यो । हार्दिकलाई कप्तान बनाएको मुल्य मुम्बई इण्डियन्सले पनि चुकायो । यस सिजनको आइपिएलमा पुछारमा रहदै सिजन समाप्त गरेको मुम्बईमा पुन:...
काठमाडौँ । ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्टले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस बर्षको ‘डीएण्डएडी यल्लो पेन्सिल अवार्ड’ प्राप्त गरेको छ ।
यसप्रकारका अवार्ड नेपालका लागि पहिलो हो । लण्डनमा भएको ६२औँ डीएण्डएडी अवार्ड कार्यक्रममा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड पाएको हो । यससँगै कार्यक्रममा उड पेन्सिल, ग्रेफाइट पेन्सिल, ब्ल्याक पेन्सिल, ह्वाइट पेन्सिलसहित विभिन्न विधाका अवार्ड वितरण गरिएको थियो । ६...

















