Home Blog Page 877
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ  । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा...
काठमाडौँ । भारतको लोकसभा निर्वाचनको पाँच चरणको मतदान प्रक्रिया पूरा भएको छ । आज छैटौं चरणको निर्वाचन हुदै छ । छैटौं चरणमा आठ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटका लागि आज मतदान हुँदैछ । यी राज्यबाट कुल ८८९ उम्मेदवार चुनावी मैदानमा छन् । छैटौं चरणका लागि संसदीय निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको औसत सङ्ख्या १५ रहेको छ । आज...
काठमाडौं । गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको तिमी सुस्तरी छेउ आइदेउन बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ। नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ। जसमा राहुल प्रधानको एरेन्ज रहेको छ। भिडियोले प्रेममा सफल भएका दुई जोडीको रमाइलो प्रेम कथालाई  कलात्मक तरिकाले वर्णन गरेको छ। गीत क्लासिक फ्लेभरमा तयार पारिएको...
काठमाडौँ । रुसमा रहेको अमेरिकी सम्पत्ति जफत गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । यस मार्फत अमेरिकामा रुसी सम्पत्ति जफत गर्दा भएको नोक्सानीको क्षतिपूर्ति हुनेछ । २०२२ को फेब्रुअरी २४ मा सुरु भएको रुस-युक्रेन युद्ध पछि, अमेरिका र पश्चिमी देशहरूले रूसमाथि धेरै प्रतिबन्धहरू लगाएका छन् । यसका कारण रुसले निकै पीडा भोगेको छ ।...
काठमाडौँ । भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । भारतीय मिडियाका अनुसार बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर फाइटर, एसटीएफ र डिस्ट्रिक्ट रिजर्भ गार्डका जवानहरूले अपरेशन सुरु गरेका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई 'सहकारीबन्धु' गठबन्धनको संज्ञा नै दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले एमाले सहकारीमा साथ दिने र रास्वपा गिरीबन्धुमा साथ दिने गरि 'सहकारीबन्धु' गठबन्धन बनेको टिप्पणी गरेका हुन् । उनले भने- ‘केपी ओलीले केही दिनअगाडि कांग्रेसलाई अब बोल्न दिइने छैन । कांग्रेसले धेरै बकवास गर्यो भन्नु भएको थियो ।...
रौतहट ११ जेठ। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा निःशुल्क बिजुली पानी र बढ्दो भ्रष्टाचार बिरुद्द आमजनता पार्टीले संघर्ष गर्ने निर्णय गरेको छ।   प्रभु साह नेतृत्वको आजपाको शुक्रवार बसेको नगरकमिटीको बैठकले निःशुल्क बिजुली पानी र  भ्रष्टाचार बिरुद्द संघर्ष गर्ने निर्णय गरेको हो ।   नगरपालिकामा बढदो लुट एवं भ्रष्टाचारको बिरुद्धमा कडारुपमा संघर्ष गर्ने निर्णय समेत भएको छ । बैठकमा संगठन निर्माण एवं विस्तारका बारेमा ठोस...
काठमाडौँ । टेस्लाका मालिक एलोन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको विरोध गरेका छन् । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट निकासी हुने विद्युतीय सवारी साधनमा कर बढाउने घोषणा गरेका थिए । पेरिसमा भएको एक सम्मेलनको क्रममा कार निर्माता टेस्लाका मालिक एलोन मस्कले भने, 'न टेस्ला न मलाई ट्यारिफ वृद्धिको माग गरिएको थियो ।' यद्यपि, जनवरीमा, मस्कले व्यापारमा कुनै...
काठमाडौँ । बालुवाटारमा बसेको प्रमुख दलका नेताहरुको बैठक सकारात्मक भएको कांग्रेसले बताएको छ । बैठकपछि प्रतिक्रिया दिदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भइरहेको बताए । लेखकले आजको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसँग कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे ध्यानाकर्षण गराएको बताए । आफुहरुले सिरोहियालाई पक्राउ गरिएको तरिकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । त्यस्तै उनले उपप्रधान तथा गृहमन्त्री रवि...
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियामाथी लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मको समय दिएको छ । यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३...
- Advertisement -

POPULAR POSTS