काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पार्टीको इशारामा चलेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इशारामा चलेर जबर्जस्ती संसद चलाउन खोजेको आरोप लगाएका हुन् ।
उनले एमालेका सांसदहरुले इशारा गर्ने र सभामुखले बैठक अगाडी बढाउने दृश्य अनौठो देखिएको टिप्पणी गरे । उनले यसअघि कहिल्लै पनि सभामुख प्रतिपक्षी दल उठेपछि सभा संचालन गरेको...
कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम...
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।
प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए ।
नाराबाजीका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव देखिएको छ ।
यसअघि पटक पटक सहमतिका प्रयास भएपनि ठोस सहमति हुन नसक्दा कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।
धनगढी । अछाममा सवारी दुर्घटनामा परी दुई सञ्चारकर्मी घाइते भएका छन्। कैलाश खोला नजिक बिहीबार दिउँसो भएको दुर्घटनामा रेडियो रामारोशनका कार्यकारी प्रमुख ४० वर्षीय कृष्ण बुढा र सोही रेडियोमा कार्यरत २२ वर्षीया रेनुका परियार घाइते भएका हुन्।
उनीहरू सवार से ६ प ७९९९ नम्बरको मोटरसाइकल तुमाखाँद गाउँपालिका–८ का रोशन रिमालले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८१ नम्बरको ट्याक्टरसँग ठोकिएर दुर्घटना...
राजनीति
अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनमा सुरक्षाकर्मीको बल प्रयोगको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण
Himal Times -
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनमा सुरक्षाकर्मीहरुबाट अत्याधिक बल प्रयोग भएको र उक्त घटनामा ७ जना घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले विहिबार एक विज्ञप्ति जारी गर्दै आयोगले घटनाको अनुगमन गरेको र अपाङ्गता भएका व्यक्तिहरुको समूहले प्रदर्शन गर्ने क्रममा उक्त क्षेत्रको सवारी आवागमन अबरुद्ध भएको, सडकको दुई लेनमा...
हेटौडा । बागमती प्रदेशसभा सचिवालयले संसदीय समितिको सभापति निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सभामुख भुवनकुमार पाठकको निर्देशनमा सचिवालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
प्रदेशसभा नियमावली ९पहिलो संशोधन० २०७४ को अनुसूची– ३...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
बुधबार बसेको निगमको संचालक समितिको बैठले गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट बुधबार आएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको...
आजमिति २०८१ साल जेठ ३ गते बिहिबार तदअनुसार मे १६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु, शुक्ल पक्षको नवमी तिथी, मघा नक्षत्र, । ध्रुव योग । चन्द्र राशि सिंह । यो स्थिर कामको लागि शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२८ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१५
• सुर्यास्त: बेलुका ०६:४७ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल...
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल बागमती, गण्डकी र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...
काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकोले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।
प्राधिकरणले जेठ ३ गते नयाँ बजार, जेठ ५ गते नयाँ बजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेड ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा...

















