काठमाडौं, १० भदौं । नेपालले ट्वान्टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ ।
मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो । मंगलबारै सम्पन्न पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो ।
एसिटीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२,...
क्वालालम्पुर मलेसिया
गैर आवासीय नेपाली संघ मलेसियाले नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
एतिबेला मलेसियामा दुई कित्तामा बिभाजन भएर गैर आवासीय नेपाली संघ मलेसियाले छुट्टाछुट्टै आ-आफ्नै पक्षधर र समर्थक समाहित गर्दै अधिवेशन गर्ने भएका छन।
गत जुलाइ २० तारिख संस्थालाई सक्षम सबल र एकाबद्व बनाउन आन्तरिक सहमति र पारदर्शिता अपरिहार्य रहेको निष्कर्ष सहित एकताको महादिबेसन...
काठमाडौं, १० भदौं । नेपाली चलचित्रकी सदाबहार सुन्दर अभिनेत्री करिश्मा मानन्धरले हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै नारी शक्ति, साहस र स्वतन्त्रतालाई सम्मान गर्न आह्वान गरेकी छन्।
मानन्धरले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “परम्परा र संस्कृतिसँगै यो पर्वले नेपाली महिलाको पीडा मात्र होइन, उनीहरूको शक्ति, साहस र स्वतन्त्रताको यात्रालाई पनि उजागर गरोस्। यो उत्सवले बुझाओस्— महिला संस्कृतिको आभूषण मात्र होइनन्, समाजको...
अन्तराष्ट्रिय
६ लाख चिनियाँ बिधार्थीलाई अमेरिकाले भिषा दिने ट्रम्पको घोषणा, देशभित्र बिरोध
Himal Times -
काठमाडौं, १० भदौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचम्मको निर्णय गरेका छन् ।
उनले ६ लाख चिनियाँ विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा पढ्न अनुमति दिएका छन् । यो निर्णय यही बेला आएको हो, जुनबेला उनको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडा कारबाही गरिरहेको छ ।
तर, योसँगै ट्रम्पको पछिल्लो यो निर्णयविरुद्ध देशभित्रै विरोधको आवाज उठ्न थालेको छ । यो विरोध उनकै समर्थकहरुले गरिरहेका छन् ।...
काठमाडौं, १० भदौं । अन्तिम समयमा आएर नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि भदौं १३ गते बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझाव ब्यवस्थित गर्न समय लागेकाले भदौं १३ गतेको बैठक स्थगित गरिएको हो । विधान महाधिवेशनमा लैजाने प्रस्ताव माथि...
मस्कट, ओमान — नेपाली राजदूतावास मस्कटले ओमानस्थित निज्वामा आयोजित घुम्ती राहदानी शिविर तथा राजदूतावासमार्फत नयाँ राहदानीका लागि आवेदन दिएका केही नेपाली नागरिकहरूको विद्युतीय राहदानी (e-Passport) तयार भई आइसकेको जानकारी दिएको छ।
राजदूतावासद्वारा सार्वजनिक सूचनामा उल्लेख गरिएअनुसार संलग्न सूचीमा नाम परेका आवेदकहरूले आफ्नो पुरानो राहदानी र राहदानी शुल्क तिरेको रसिद सहित राजदूतावासमा सम्पर्क गरी नयाँ राहदानी लिन सक्नेछन्।
"आफैँ आउन नसक्ने अवस्थामा,...
काठमाडौं, १० भदौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छिन्।
उनका अनुसार धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ व्यापक अर्थमा बुझ्न आवश्यक छ। “तीजलाई म नारी दिवस वा नारी सम्मेलनकै रूपमा पनि हेर्छु, जहाँ दिदीबहिनीहरू एउटै ठाउँमा भेला भएर नाचगानमार्फत मनभित्रको पीडा र...
काठमाडौं, १० भदौं । नेपालमै पहिलो पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ हुने भएको छ ।
१४ भदौ २०८२ शनिबार दिउँसो १ बजे गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा नेपाली सङ्गीत प्रवर्द्धनमा क्रियाशील गोल्डेन क्रियसनको आयोजनामा उक्त उत्सव हुने बताइएको छ ।
उत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला...
विविध
प्रभावकारी बन्दै ‘शिक्षासँगै सिप कार्यक्रम’, बिधालय शिक्षा पुरा गरे पछि सिपसहित निस्कने
Himal Times -
माेरङ, १० भदाैं । मोरङ्गको पथरी शनिश्चरे वडा नम्वर ८ ले सुरु गरेको 'शिक्षा सँगै सिप कार्यक्रम' प्रभावकारी बन्दै गएको छ ।
वडाका तिन विद्यालयमा अघिल्लो आर्थिक वर्ष वाट सुरु गरिएको सो कार्यक्रमबाट विद्यार्थीले औपचारीक बिाद्यालयको ज्ञानसँगै अन्य सिपमुलक कार्य समेत अध्यायन गर्न थालेका हुन । वडाको बुद्ध मावी,मिलन आधारभुत विद्यालय र दुर्गा आधारभुत विद्यालयमा 'शिक्षा संगै सिप कार्यक्रम' सुरु गरिएपछि विद्यार्थीको...
सञ्जय मिश्रा
कलकता १० भदौ। हिन्दु संस्कृतिमा प्रचलित उखान ‘सारा तीर्थ बारम्बार, गंगासागर एकबार’ ले पनि गंगासागर यात्राको महत्वलाई प्रस्ट्याउँछ।
यसको अर्थ अन्य तीर्थ स्थानहरूको यात्रा जीवनमा धेरैपटक गर्न सकिन्छ तर गंगासागरको यात्रा भने जीवनमा कम्तीमा एकपटक गर्नैपर्छ भन्ने जनविश्वास रहेको छ।
गंगासागर, जहाँ गंगा नदी बंगालको खाडीमा मिसिन्छ, हिन्दूहरूका लागि अत्यन्त पवित्र स्थल मानिन्छ। विशेषगरी मकर संक्रान्तिका दिन यहाँ स्नान गर्नाले...

















