काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक...
काठमाडौँ । इङलिश प्रिमियर लिगबाट यस सिजनमा रेलिगेशनमा पर्ने तीन क्लबको टुंगो लागेको छ ।
यस सिजनमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् । लिगमा अब एक एक खेल खेल्न बाँकी रहेका यी तिनै क्लबको रेलिगेशनमा पर्ने टुंगो लागेको हो ।
शनिबार राति सम्पन्न खेलमा लुटन टाउन वेस्टह्याम युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । ३७ खेलमा...
काठमाडौँ । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनौट भएको छ ।
गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । कोलकोताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो ।
बर्षाले प्रभावित भएपछि १६-१६ ओभर खेलाइएको खेलमा कोलकोताले दिएको १५८ रनको लक्ष्य पछाएको मुम्बईले १६ ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको थियो...
काठमाडौँ । कुवेतका नयाँ अमिर शेख मिशाल अल-अहमद अल-सबाहले देशको संसद भंग गरेका छन्। अमिरले एक टिभी च्यानललाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । उनले देशको लोकतन्त्रको दुरुपयोग हुन नदिने बताए ।
यससँगै उनले चार वर्षदेखि देशका सरकारी विभागलाई आफ्नो नियन्त्रणमा लिएर कैयौं कानुन तोडेका छन् । अमिर कुवेतको सर्वोच्च पद हो ।
अप्रिलमा नयाँ संसद्को नियुक्तिपछि पहिलो पटक मे...
काठमाडौँ । अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो ।
अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । त्यसैगरी अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए । त्यसैगरी...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
हाल गण्डकी, लूम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा...
आजमिति २०८१ साल वैशाख ३०गते आईतबार तदअनुसार मे १२ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको पञ्चमी तिथी, आद्रा नक्षत्र, । घृति योग । चन्द्र राशि मिथुन । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१६
• सुर्यास्त: बेलुका ०६:४५ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मैष
आज समय...
काठमाडौँ । डा. गोविन्द केसीले पशुपति मृगस्थलीमा २२औं अनशन सुरू गरेका छन् ।
अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपराह्नदेखि डा. केसी अनशनमा बसेका हुन् ।
डा. केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साधै नि:शुल्क औषधिक उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रदेशको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन भन्दै मुख्यमन्त्री कँडेलले जेठ ४ गते सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्री कँडेलेको सचिवालयका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष, संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई बैठकमा सहभागीका लागि आग्रह गरेका छन् ।
सर्वदलीय बैठकमार्फत मुख्यमन्त्री कँडेलले प्रदेश सभामा...
काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद चल्न नदिनेतर्फ उद्दत हुदै गएको निष्कर्ष निकालेको छ ।
शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री गगनकुमार थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद पनि चल्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको जानकारी दिए ।
उनले आफूहरु...

















