Home Blog Page 893
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले जेठ १ गते मंगलबार संसदको संयुक्त बैठकमा अपराहन्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको छ ।
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभाको अधिवेशन सोही प्रयोजन र बजेट छलफलका लागि आव्हान भइसकेको छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार...
मुकेश कुमार यादव/सिरहा । सिरहामा केही शिक्षकहरुले राजनितिक पहुचकको भरमा एकै समयमा दुइठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा वुझने गरेको पाइएको छ। समुदायीक विद्यालयका  स्थायी शिक्षकहरुले विद्यालय समयमा सामुदायीक कलेजमापनि पढाए वापत दोहोरो सेवा सुविधा बुझने गरेको खुल्लेको हो। राजनितिक दवाव र प्रभावका कारण शिक्षकहरुले स्थायी रुपमा कार्यरत विद्यालयमा नपढाई विद्यालयकै समयमा अन्यत्र कलेज तथा विद्यायहरुमा पढाएपनि तलवभत्ता भने...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख २० हजार घुस लिएपछि गत वैशाख ५ गते  रंगेहात पक्राउ परेमा थिए । अख्तियारले सेवाग्राहीसँग एक लाख बिस...
कञ्चनपुर  । कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगालागी हुँदा बिहीबार एक महिलाको मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–५ देखतभुलीकी ६८ वर्षीया मानमती साउँदको मृत्यु भएको हो। उनको घरमा बैशाख १९ गते १२ बजे राति आगलागी भएको थियो।  उपचारको क्रममा उनको हिजो भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
काठमाडौँ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय सार्बजनिक गरिएको छ । सरकारले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानामा पुर्‍याउँदाको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । सरकारका प्रवक्तासमेत रहेकी शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले...
काठमाडौं, २८ वैशाख । कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध भएको छ।  आजबाट सुरु भएकाे बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन्। सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उनले बोलेलगत्तै नाराबाजीमा उत्रिएका हुन्। त्यसपछि प्रतिनिधिसभा बैठक १५...
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका छन् । उनले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको...
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनी अनुपस्थित भएका हुन् । उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका देखिएपछि असन्तुष्ट बनेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सार्बजनिक रुपमा नै सरकार टिकाउन जसपा फुटाएको स्वीकार गरेका छन् । अब जसपा...
बुटवल  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथिनै छानबिन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन्। प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई लुकाउने र चोख्याउने प्रयास गर्दै आएको दाबी गर्दै त्यस्तो कार्य जारी राखे प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन्। सरकार समग्र...
- Advertisement -

POPULAR POSTS