काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ ।
३१८ जना यात्रु चढेको कतारेयरवेजको विमान आज बिहान ११:४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुँवा उडेको देखिएपछि उडान रोकिएको हो ।
अहिले विमानमा प्राविधिक परिक्षण गरिएको र फेरी उड्ने तयारीमा रहेको विमानस्थलको कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।
काठमाडौँ । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ ।
निर्देशनअनुसार शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल...
काठमाडौँ । इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ । रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।
इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ ।
इजरायली सेनाले त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासलाई...
काठमाडौँ । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ ।
गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर...
काठमाडौं । काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान, मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाडौं उपत्यका अपराध...
काठमाडौँ । इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ ।
इजरायलका सञ्चारमन्त्रीले सोशल मिडियामा पोष्ट गरेको भिडियोमा पुलिस अधिकारीहरू अल-जजीरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ ।
आइतवार, इजरायली सरकारको मन्त्रिपरिषद्ले अल-जजीरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठकमा संसद अधिवेशन बारे छलफल हुने बताइएको भएपनि जसपा नेपाल विभाजित भएपछि विभाजनको भय एकीकृत समाजवादीमा पनि देखिएको मिडियामा समाचार आएपछि बैठक बोलाइएको बुझिएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेससँग मिलेर...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ । यस्तै टेलरिङ् (ड्रेस मेकिङ्) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।
तालिम सञ्चालनका विषयमा जानकारी लिन राष्ट्रिय अन्तरराािष्ट्रय क्षेत्रगत प्रतिनिधिहरुले अवलोकन गर्न थाल्नुभएको छ । यसै क्रममा तालिमको चौथो दिनडच फाउन्डेसन...
काठमाडौँ । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् ।
सभामुखले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली...
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २०० ले बढेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो...

















