अन्तराष्ट्रिय
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
Himal Times -0
काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको छ । युरोपेली संघको संसदले हावाको गुणस्तर सुधार गर्न नयाँ र कडा कानून अपनाउन ईयू देशहरूसँगको अस्थायी राजनीतिक सम्झौतालाई हालै अनुमोदन गरेको छ ।
यस सम्झौताको उद्देश्य हावा मानव स्वास्थ्य, जैविक विविधता र प्राकृतिक इकोसिस्टमका लागि हानिकारक नहुने गरी हावाको गुणस्तर सुधार गर्नु हो । यस कानूनको पक्षमा ३८१ र...
मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए ।
मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णयगरेअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जस कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...
काठमाडौँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानी विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् । उनी गएराती स्वदेश फिर्ता भएकी हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरेकी थिइन् ।
आइत बिहान काठमाडौँ आइपुगेकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।
उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार...
आजमिति २०८० साल वैशाख २४ गते सोमवार तदअनुसार मे ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष त्रयोदशी तिथी, रेवती नक्षत्र, । प्रीति योग छ । चन्द्र राशि मिन । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२०
• सुर्यास्त: बेलुका ०६:४१ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि 'हेर्न नमिल्नेमा राखिएको छ ।
जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
यस अघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको यो मुद्धा आज ' हेर्न नमिल्ने' मा राखिएको छ ।
यस मुद्धामा यस अघि झगडिया झिकाउन र...
काठमाडौँ । अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफुलाई राति बाहिर जाँदा लागुऔषध सेवन गरी यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन् । ब्रिटनी लाउगाले एक इन्स्टाग्राम पोस्टमा उनीमाथि निर्वाचन क्षेत्र येप्पुनमा हमला भएको बताएकी हुन् ।
३७ वर्षीय अष्ट्रेलियाली सांसद पहिले अप्रिल २८ मा प्रहरीमा गएकी थिइन् र त्यसपछि अस्पताल पुगेकी थिइन् । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
लाउगाले इन्स्टाग्राम पोस्टमा...
बैतडी । बैतडीमा डढेँलोमा परेर दुई महिला घाइते भएकी छन्।
दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन्। दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंङ्गलबाट आएको डढेँलोमा परी घाइते भएको प्रहरीले जनाएको छ।
उनीहरूको स्वास्थ्यवस्था भने मध्यम रहेको प्रहरीको भनाइ छ। जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल...
बारा । प्रभु साह नेतृत्वको आमजनता पार्टी जिल्ला कमिटी बाराले प्रदर्शनसहित आइतबार जिल्ला प्रशासन कार्यालय कलैया, बारामार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए।
आजपाका केन्द्रीय उपाध्यक्ष अशोक लामा, महासचिव...
पोखरा । पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो।
शवको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ। अन्दाजी १५ वर्षीय बालक अपराह्न ४ बजेतिर डुबेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
यसअघि आइतबार नै १४ वर्षीय बालकको शव फेला परको थियो। मृत्यु हुनेमा पोखरा-५, मालेपाटनका १४ वर्षीय...

















