काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
हाल मौसम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने...
आजमिति २०८० साल वैशाख २२ गते शनिबार तदअनुसार मे ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष एकादशी तिथी, पुर्वभाद्र नक्षत्र, । ईन्द्र योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२८ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२३
• सुर्यास्त: बेलुका ०६:४० बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ...
समाचार
न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र
Himal Times -
काठमाडौँ । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटियो । यी दुवै प्लाजा वडा नं. २२ मा छन् । आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन । पिपुल्स प्लाजाले नियमित ३ आर्थिक बर्षको तिरेको छैन । वहाल कर दुवैले तिरेका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरीवेक्षण...
काठमाडौँ । सामाजिक सञ्जालमा चर्चित 'भेलुबाजे' का नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।
विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र...
काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका-९ बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन् ।
टोखा नगरपालिका-९ स्थित सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृतिमा...
काठमाडौं। अभिनेता राजेश हमालको ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडियो अहिले निकै चर्चामा छ। साँच्चिकै हमालले भने जस्तै विदेशमा आर्जन गरेको ज्ञान र सीप स्वदेशमा प्रयोग गर्नसके सुनमा सुगन्ध हुने थियो।
खासमा भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा हमालले बोलेको डाइलगले निकै चर्चा बटुलिरहेको हो। क्यानडा अध्ययन सम्बन्धी...
काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ नोटको डिजाइन गर्न स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँ नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। यसभन्दा पहिला सय रुपैयाँको नोटमा नेपालको पुरानो नक्सा थियो।
त्यस्तै सरकारले विश्व...
विराटनगर । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुलेको छ।
शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए।
एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छन्। उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय गएकी थिइन्।
प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका...
काठमाडौं । भारतका प्रधानन्यायाधीश डा. धनन्जय यशवन्त चन्द्रचुड नेपाल भ्रमणमा आएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपाल आएका हुन्।
उनी आइतबारसम्म नेपालमा रहने कार्यतालिका छ। भ्रमण टोलीमा चुन्द्रचुडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि छन्।
शुक्रबार दिउँसो काठमाडौं आइपुगेका चन्द्रचुडको टोलीलाई स्वागत गर्नका लागि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई,...

















