काठमाडौं। रौतहटमा एक जनाको शव फेला परेको छ। रौतहटको चन्द्रपुर नगरपालिका-१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको छतमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ।
वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रूपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ।
यसले विशेष गरी वृद्धवृद्धा, बालबालिका,...
काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मनोरञ्जनका लागि 'प्लेजर स्क्वाड' बनाउने गरेको खुलासा भएको छ । हालै उत्तर कोरियाबाट भागेकी एक महिला येओन्मी पार्कले बेलायती सञ्चारमाध्यम डेली स्टारलाई दिएको अन्तर्वार्तामा यो खुलासा गरेकी हुन् ।
यस समूहको काम किम र उनका सहयोगीहरूलाई मनोरञ्जन दिने भएको उनले बताएकी छन् ।
योन्मीका अनुसार हरेक वर्ष 'प्लेजर स्क्वाड' मा २५ कुमारी...
काठमाडौं, २१ वैशाख । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ।
क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो। काठमाडौंमा २८ र मोफसलमा ४१...
काठमाडौं। नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशन आज र भोलि गरी दुई दिनसम्म चल्ने छ।
बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने छन्। त्यसअघि पत्रकारहरूले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन्।
केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकार काठमाडौं आइसकेका छन्। केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक...
आजमिति २०८० साल वैशाख २१ गते शुक्रबार तदअनुसार मे ३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष दशमी तिथी, शतभिषा नक्षत्र, । ब्रम्हा योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२८ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२३
• सुर्यास्त: बेलुका ०६:३८ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ...
काठमाडौँ । नेपाली दुताबासले क्यानडा जाने नेपाली विद्यार्थीहरुलाई पूर्ण अध्ययन गरेर आउन आग्रह गरेको छ ।
एक जानकारी सार्बजनिक गर्दै दुताबासले क्यानडामा रोजगारको ग्यारेन्टी नभएको उल्लेख गर्दै आउनुअघि पुरा जानकारी हासिल गरेर मात्र आउन र कन्सल्टेन्सी या अन्य एजेन्सीको भर नपर्न चेतावनी समेत दिएको छ ।
क्यानडामा रोजगारीको प्रलोभनमा धेरै नेपाली विद्यार्थी पुगेर अहिले बेरोजगार भएको खबर आइरहेका बेला दुताबासले यस्तो...
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् ।
बुधबार टी- २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफुमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्बजनिक गर्ने बताएका छन् ।
उनले पहिलो पोष्टमा भनेका छन्- 'मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै...
काठमाडौँ । इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोलीले बैशाख २० गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।
सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल पुलिसको बारेमा जानकारी गराउदै संयुक्त राष्ट्र संघीय मिशन तालिम लगायत अन्य विविध तालिमहरुमा समेत दुई देश बीच सुरक्षाकर्मीहरुको एक...
धनगढी । कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।
उनीहरुलाई तीन ग्राम ८२० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका–४ का १८ वर्षीय विकाश नेपाली को घरमा चेकजाँच गर्दा उनको सुत्ने कोठाबाट ३ ग्राम ८२० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) फेला परेको थियो।
अन्य पाँच जनालाई बिक्रिबितरण र सेवनमा संलग्न भएको आरोपमा...

















