बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्। एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६३८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन्।
नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९ सय ६६ र...
इलाम । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।
प्राप्त नतिजाअनुसार हालसम्म पछि परेका एमाले उमेदवार नेम्वाङ अघि लागेका छन्।
हालसम्म ५ हजार ८६८ मत गणना हुँदा एमालेले २ हजार ५४२ , कांग्रेसले २ हजार १९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ। सुहाङ...
इलाम । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को अहिले सम्मको मतगणना सकिएको छ ।
मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ५८ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एकहजार छ सय ३० मत प्राप्त गरेका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले चार सय ३० मत...
काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।
प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १५९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् । त्यस्तै एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५९५ प्राप्त...
काठमाडौँ । आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई विषयमा सम्झौता भएको छ ।
लगानी बोर्डका अनुसार डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो ।
बीएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी र योट्टाका सीईओ सुनील गुप्ताले सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपालमा विश्वस्तको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।
काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।
अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा...
काठमाडौं । प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाडौं सेतिदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।
उनले सेतिदेवी, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी कुहु घर भएकी २३...
सुर्खेत । जुम्लामा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरीलाई पक्राउ गरेको छ। पातारासी गाउँपालिका-३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्या आरोपमा छोरी पक्राउ परेकी हुन्।
शनिबार पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर आएकी २५ वर्षीया हाँसु ऐडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीका अनुसार छोरीले मुसलले आमाको टाउकोमा प्रहार गरेर हत्या गरेकी हुन्। छोरीको मानसिक सन्तुलन ठिक...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ ।
आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए ।
काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती...
काठमाडौं । फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनि ठगी गर्नेगरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित...















