क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका...
क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ ।
समाचार अनुसार यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई प्रतिबन्ध लगाइएको थियो । अब यसलाई थप २ वर्ष अर्थात जनवरी १, २०२७ सम्मका लागि थप गरिएको छ।
क्यानडामा धेरै लगानीकर्ता आउने र ठूलो संख्यामा विदेशी विद्यार्थी पनि क्यानडामा बस्ने सरकारको भनाइ छ, जसका...
जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो। पहिलो विस्फोट मंगलबार राति भएको थियो भने बुधबार लगातार चारवटा विष्फोट भएको थियो । जसका कारण उक्त क्षेत्रको अवस्था नाजुक बनेको छ । ज्वालामुखी एजेन्सीले खतराको स्तरमा उच्च सतर्कता स्तर ४ मा...
काठमाडौँ । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
आज भारतका २१ राज्यसहित केन्द्र शासित प्रदेशका १०२ लोकसभा सिटका लागि मतदान हुँदैछ । सात चरणमा निर्वाचन हुने भए पनि पहिलो चरणमा १०२ सिटमा मतदान भएपछि कसको सरकार...
टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्, जसको सर्वत्र चर्चा भइरहेको छ ।
वास्तवमा ट्रुडो सरकारले ‘हलाल मोर्टगेज योजना’ सुरु गर्ने निर्णय गरेको छ। यसपछि क्यानडामा बहस सुरु भएको हो ।
जनताले सामाजिक सञ्जालमा सरकारलाई प्रश्न सोधिरहेका छन् । कतिपयले यसलाई विशेष समूहलाई फाइदा पु¥याउने प्रयास भनेका छन् । एक प्रयोगकर्ताले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्,...
काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसुचीमा उल्लेख गरिएको छ ।
काठमाडौँ । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् । बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो ।
समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि...
आज मिति २०८० साल वैशाख ७ गते शुक्रबार तदअनुसार अप्रिल १८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको एकादशी तिथी, मघा नक्षत्र, वृद्धी योग छ । चन्द्र राशि शिंह। यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३८ देखि १२:२९ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:३५ • सुर्यास्त: बेलुका ०६:३० बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...
पोर्चुगल । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका...

















