आजमिति २०८० साल वैशाख ६ गते विहिवार तदअनुसार अप्रिल १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको दशमी तिथी, अश्लेशा नक्षत्र, गण्ड योग छ । चन्द्र राशि कर्कट। यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३८ देखि १२:२९ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:३७
• सुर्यास्त: बेलुका ०६:३० बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज...
टोक्यो । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले बताएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन ।
युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको गएको बताएको छ ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले सामाजिक सञ्जाल एक्समा...
दुबई । कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ ।
संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई सय ५४ मिलिमिटरसम्म वर्षा भएपछि छ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको थियो ।
प्रहरीका अनुसार मुलुकका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीमा...
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको छ । पालिका अध्यक्ष विद्यानन्द चौधरीले एक सुचना जारी गर्दै ३५ दिन भित्र जग्गा खाली गर्न अनुरोध गरेका छन् ।
‘अतिक्रमण गरिएका सार्वाजानिक ऐलानी जग्गा, पर्ती, गौचर, पोखरी, पोखरीको डिलहरु र गाउँ टोलहरुमा कब्जा गरिएका बाटो घाटोहरु खाली गराउने गाउँ सभा तथा कार्यपालिकाको निर्णय भएको...
राजनीति
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
Himal Times -
काठमाडौँ । नेपाल र बंगलादेशबीच तेस्रो चरणको विदेश कार्यालय परामर्श (एफओसी) बैठक आज काठमाडौंमा सम्पन्न भएको छ ।
एफओसीमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गरेकी थिइन् भने बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले गरेका थिए ।
एफओसीमा द्विपक्षीय सम्बन्धको सम्पूर्ण गामुट समीक्षा गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दुवै परराष्ट्र सचिवले नेपाल र बंगलादेशबीच रहेको...
काठमाडौँ । गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् ।
एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए ।
विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने लिना नेपालमै...
काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ ।
भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।
भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य...
काठमाडौँ । आइसीसीको टी- २० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् ।
आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११औ स्थानमा उक्लिएका हुन् । यसअघि २५औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन् ।
दिपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर अन्तर्राष्ट्रिय रुपमै चर्चामा रहेका छन्...
Flash News
सुहाङलाई भोट माग्दै ओलीले भने- उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्
Himal Times -
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम- २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् ।
बुधबार इलाम-२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताएका छन् । उनले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताएका छन् ।
सुहाङको प्रशंसा गर्दै ओलीले गन्तव्य र उद्धेश्य बोकेर अगाडी बढेको...
काठमाडौँ । म्यानमारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति विन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै नेतालाई जेलमुक्त गर्ने निर्णय भएको सेनाले जनाएको छ ।
यद्यपी उनीहरुलाई कहाँ राखिएको भन्ने सेनाले बताएको छैन । म्यानमारमा गर्मीका कारण तापक्रम ३९ डिग्री पुगेको छ । यसै क्रममा आङ सानका वकिलले भेट्न कसैलाई...

















