काेराेनालाई जाेडेर नेपालमा गलत हल्ला फैलाउनेलाई प्रहरीले कडा निगरानी गर्दै

everest kitchen


काठमाडौ । काेराेनालाई जाेडेर गलत अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

काेराेना भाईरस काेभिड-१९ काे राेकथाम तथा नियन्त्रण गर्न सरकारले देशभरिका शिक्षण संस्था तथा वाह्य अागमन बन्द गरेकाे छ । सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब लगायत बन्द गर्ने निर्णय यसअघि गरिसकेकाे छ ।

तर यहि बिषय संग जाेडदै नेपाली सेनाले राति बाह्र बजे हेलिकप्टर बाट अाैषधि छर्कने भन्दै केहिले सामाजिक सञ्जाल अफवाह फैलाएकाे पाईएपछि नेपाली सेनाले विज्ञप्ति नै निकाल्नु पय्राे । त्यस्तै नर्भिक हस्पिटलमा ६ जना काेराेनाका बिरामी फेला परेकाे दावि गर्दै सामाजिक सञ्जाल अफवाह फैलिएपछि हस्पिटलले पनि विज्ञप्ति निकालेर गलत पुष्टि गरेकाे छ ।

यस्ता गलत किसिमका अफवाह फैलाउने जाे काेहिलाई प्रहरीले कारबाही गर्ने र खाेजि गर्ने जनाएको छ ।