![संयोजक सीता तुम्खेवा](https://nayaonline.com/wp-content/uploads/2020/06/seeta-tumkhewa-1200x675.jpg)
काठमाडौैं । ‘सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान’ भन्ने मूल नाराका साथ विश्वव्यापी पहिलो अनलाइन पालाम प्रतियोगिता सञ्चालन भइरहेकोमा उत्साहजनक सहभागिता भएकोमा आयोजकले पुरस्कार राशी थप गरेको छ । साथै, पाःलाम पठाउने मिति पनि २ दिन थप गरेको छ ।
पाःलाम प्रतियोगिता आयोजक समितिका संयोजक सीता तुम्खेवाले फेसबुक लाइवमार्फत सो कुरा जनाएका हुन् ।
पूर्व निर्धारित समय जेठ ३० थियो भने दुई दिन थपेर जेठ ३२ गतेसम्म बनाएको हो भने प्रथम पुरस्कार रु ३० हजारबाट बढाएर रु ५० हजार, दोस्रो पुरस्कार रु २५ हजारबाट बढाएर रु ४० हजार र तेस्रो पुरस्कार रु २० हजारबाट बढाएर रु ३० हजार बनाईएको छ । प्रतियोगिताबाट केही सान्तवना पुरस्कारहरू समेत दिइनेछ । सान्तवना पुरस्कारहरू केके हुने भन्ने कुरा आयोजकले केहीदिनभित्रै छिनोफानो गर्ने भएको छ ।
हालसम्म २२२ वटा पालाम सहभागितामा समावेश भइसकेको र आउनेक्रम अत्यधिक रहेकोले मिति थप गरिएको आयोजकले जनाएको हो । त्यसैगरी प्रतियोगिता वृहत बनेको र प्रायोजकको संख्या दिनानुदिन बढिरहेकोले पुरस्कार राशी बढाइएको हो । nayaonline