निगमले बढायो पेट्रोल, डिजेलको मुल्य

everest kitchen


काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले हवाई ईन्धनकोडढढ मुल्य भने यथावत राखेकाे छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। त्यस्तै मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

बढेको मूल्य आज मंगलबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ। पेट्रोलकाे मुल्य बढेसंगै काठमाडौंमा पेट्रोल अब १०१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मुल्य ८७ रुपैयाँ पर्नेछ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मुल्य यथावत रहेने निगमले जनाएको छ ।