काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले नेपालको अति लोपोन्मुख तथा विपन्न समुदाय मध्यका राउटे जातिलाई राहत प्रदान गरेको छ ।
दैलेख स्थित उक्त राउटे समुदायका ५३ परिवारलाई
खाद्यान्न तथा टेन्ट लगायतका सामाग्री वितरण गरिएको हो ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दैलेख जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्र पुन मगर, नेफिन गुराँस गाउपालिका र समन्वयात्मक भुमिकाको लागि नेफिन केन्द्र साथै विदेश विभाग ईन्चार्ज गोविन्द छन्त्यालको सक्रियतामा उक्त राहत वितरण गरिएको हो ।
फिप्नाले देशको विभिन्न ठाउहरूमा खाद्यान्न राहत वितरण निरन्तर रुपमा गरिरहेको छ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा . न १, ६० घर मुसर समुदायलाई असार २२ गते वितरण गरेको छ भने दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा १. ५ मा ५३ परिवारलाई आषाढ २५ गते, धनकुटाको लेउती कोरिडोरका मजदुरहरूलाई ६५ परिवारलाई असार २६ गते, मकवानपुरको राक्सिराँङ गाउपालिका वडा न ५ मा असार २६ गते वितरण गरिदैछ ।
त्यस्तै सुनसरीको मधुवन कोशी टप्पु, कोशी गाउपालिकाका ४० परिवार मजदुरहरूलाई असार २९ गते र तमोर कोरीडोरका माँझी समुदायहरूलाई खाद्यान्न राहत वितरण गरिने छ । प्रति परिवार परिवारलाई २५ किलो चामाल, २ किलो दाल, एक लिटर तेल र १ प्याकेट नुनका दरले वितरण गरिनेछ ।
उपत्यकामा प्रत्येक दिन ३०० जनालाई खाना वितरण गरिरहेको छ । उपत्यकामा रहेका घरबाहविहिनहरूलाई २० वटा त्रिपाल वितरण गरीएको छ ।
राहत वितरणको लागि नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौ नेपालको समन्वयमा स्थानिय गाउँपालिका, स्थानिय संघसंस्थाहरू, नेफिन शाखाहरू, फोनिज केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरूसंग सहकार्य गरिरहेको छ । नयाँ अनलाइन