सात वर्षीया बालिका बलात्कार गर्ने एकजना ललितपुरबाट पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

ललितपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-२७ सुनाकोठी डेरा गरी बस्ने धादिङ धुनवेसी नगरपालिका-९ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Add
advertise

तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीलाई भएपछि महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

(नेपाल प्रहरी )