![](http://himaltimes.com/wp-content/uploads/2020/03/balatkar-garne-pakrau-1.jpg)
झापा । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार तथा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कचलकबल गाउँपालिका-२ बस्ने २३ वर्षीय छबिलाल राजबंशीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राजबंशीले ती बालिकालाई यौन दुर्व्यवहार तथा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उल्लेख गरेको छ ।