![](http://himaltimes.com/wp-content/uploads/2020/06/FB_IMG_1592635514413.jpg)
काठमाडौ । मंगलबार बिहान १० बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनका अनुसार बैठक अब कहिले बस्ने भन्ने बारे स्पष्ट नभएको हो ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
असार १० गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक सात दिनमात्र सुचारू भएको छ। स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग जोडतोडका साथ उठेपछि उनले बैठक स्थगित हुँदै आएको छ