![](http://himaltimes.com/wp-content/uploads/2020/08/PicsArt_08-05-07.03.00.jpg)
म्याग्दी । म्यादीको मालिकामा गाई काटेको आरोपमा ४ चारजनालाई पक्राउ गरिएको छ ।
गाउँपालिका-५ घर भई बेनी नगरपालिका-८ कालीपुल डेरा गरी बस्ने हिरा रसाईली समेत ४ जनालाई गाई काटेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको हो ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रसाईलीको डेरामा गाई काटिरहेको भन्ने सूचनाको आधारमा ३ थान दाउ, घन र २० केजी गाईको मासुसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपालमा गाई काटने र गाईको मासु बेचबिखन अबैधानिक मानिन्छ भने गाई नेपालको राष्ट्रिय जनावर हो ।