काठमाडौँ । गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो एउटा स्थापित र निर्विवाद तथ्य हो, ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उक्त क्षेत्र बुद्ध र बौद्ध धर्मको स्थल तथा यूनेस्कोको विश्व सम्पदा स्थलहरु मध्ये एक हो ।’
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
शनिबार भारतीय विदेश मन्त्री एस. जयशंकरले दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए । उनलेे महान भारतीयहरुमा पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी रहेको र हामीले मात्रै नभै विश्वलेनै महान भारतीयको रुपमा चिन्ने बताएका थिए ।
भारतीय नेताहरुले गौतम बुद्ध भारतीय भएको दाबी विभिन्न समय चरनमा गर्ने गरेका छन । यधपी सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले नेपालको संसद्लाई सम्बोधन गर्ने क्रममा ‘नेपाल संसारमै शान्ति प्रेषित गर्ने बुद्ध जन्मेको देश हो’ भनेर सम्बोधनमा उल्लेख गरेका थिए ।