काठमाडौं । श्रीमती र भतिजोको खातामा करिब २५ लाख सरकारी रकम दुरुपयोग गरि जम्मा गर्ने लेखापालको घृणित कर्तुत प्रति कुनैपनि जनप्रतिनिधिको संलग्नता नभएको त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले बताएको छ ।
गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै लेखापाल हेमन्त केसीले श्रीमती र भतिजोको खाता अनधिकृत रुपमा रकम जम्मा गरेको घटनामा जनप्रतिनिधिको मिलेमतो नभएको मात्र होइन जनप्रतिनिधिहरुले नै लिएको सक्रियता र पहल कदमीले यस प्रकारको घृणीत तथ्य बाहिर आएको बताएको हो ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती मगरद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ” लेखापाल हेमन्त के.सी. बारे बाहिर सार्वजनिक भएको विषय गाउँ कार्यपालिकाले बजेट खर्च र कार्यान्वयन बारे गरिएको समिक्षात्मक अध्ययनबाट देखिएको एक तथ्य थियो ।
आर्थिक अनियमितता र पदिय दुरुपयोग झल्काउने यस प्रकारका तथ्यहरु बारे विस्तृत छानबिन एवं कारबाही गर्न गाउँ कार्यपालिकालाई कानुनी अधिकार नभएकोले अधिकार प्राप्त निकायलाई यस बारे सुचितगरिएको र सोहि अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत जिम्मेवारी प्राप्त निकाय जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आवश्यक सम्पूर्ण कागजजातहरु समेत नियन्त्रणमा लिई विस्तृत छानविन र अनुसन्धान थालेकोले अनुसन्धान तथा कारबाही प्रक्रियामा सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
साथै उक्त घटनामा संलग्न भएका गाउँपालिकाका करार सह-लेखापाल समेत रहेका लेखापाल केसी सहोदर भतिज सुवास केसीलाई निलम्बन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिई सकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आर्थिक हिनामिनाको प्रमाण नष्ट गर्ने उदेश्यले कार्यालय समय बाहेक राति गाउँपालिकाको कार्यालयमा आएका लेखापाल हेमन्त केसी , निलम्बित सह-लेखापाल सुवास केसी र उनका आफन्त सहयोगीलाई पनि सम्बन्धित निकायको जिम्मा लगाएको तथ्य विज्ञप्तिमा स्मरण गरिएको छ ।
सरकारी रकम हिनामिनाको कर्तुत बाहिरीएपछि लेखापाल केसीले श्रीमती बिर्मा केसी र उनका सहयोगीको रुपमा सोही गाउँपालिकामा कारारमा कार्यरत भतिज सुवास केसीको खातामा जम्मा गरेको करिब २४ लाख ९२ हजार रकम गाउँपालिकाको खातामा फिर्ता गरि सकेका छन् ।
यस्तै,लेखापाल केसीसहित स्थायी शिक्षक समेत रहेका उनका भाइ बिकास केसी, सोही पालिकामा सह-लेखापाल समेत रहेका भतिज सुवास केसी, र अर्का भतिज भिमशेन केसी रातिको समयमा गाउँपालिकाे कार्यालयमा आइ प्रमाण नष्ट गर्ने क्रममा पक्राउ परेर पनि रिहाइ भैसकेका छन् ।
उक्त घटना बाहिरीएपछि रातिको समयमा कार्यालयबाटै सहयोगी सहित नियन्त्रणमा लियर पनि रिहाइ गर्ने जिल्ला प्रशासन कार्यालय प्रति स्थानीय युवाहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् भने गाउँपालिकाका प्रशासकीय अधिकृतको हस्ताक्षर विना रकम चलन गर्न नसकिने भन्दै कतै अधिकृत प्रति पनि शंका व्यक्त गर्दै आएका छन् । यधपी यस बिषयमा सम्बन्धित कतैबाट केही बोलिएको छैन । सामाजिक सञ्जालमा आएका युवाहरूको प्रतिनिधि प्रतिक्रिया गाउँपालिकाले मंगलबार सार्वजनिक गरेको विज्ञञप्ति