काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ५ सय ९४ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ५ सय ९४ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ९१३ रहेको छ ।
![](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
त्यस्तै शुक्रबार २४० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७ हजार ७७ जना पुगेका छन ।
त्यस्तै नेपालमा हालसम्म ९९ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।