कास्की । प्रहरी कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा २६ वर्षीय प्रमिश थापालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
![](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
पोखरा महानगरपालिका-३ नदीपुरस्थित साकुरा रेष्टुरेण्टमा रातको समयमा होहल्ला भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रेष्टुरेण्टमा मादक पदार्थ सेवन गरी बसेका थापा लगायत ६ जनाले कुपपिट गर्दा प्रहरी जवान दिनेश श्रीस घाइते भएका थिए ।
कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।