![](http://himaltimes.com/wp-content/uploads/2020/02/kutpit.jpg)
रोल्पा । परिर्वतन गाउँपालिका-२ बागमारा बादी टोल बस्ने ४० वर्षीय मन बहादुर बादीको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने ४४ वर्षीय रामचरण बादीलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रामचरणले घरको ढोका ढक्ढकाएपछि ढोका खोल्न आएका मन बहादुरलाई एक्कासी चिरपट दाउराले टाउकोमा हान्दा उनको घटनास्थलमै मुत्यु भएको थियो।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बागमारा र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले रामचरण बादीलाई नियन्त्रणमा लिएको हो ।
यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।