काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) उपाधक्ष बामदेब गौतमले रचना गरेको ” यो मुक्त भूमि, हो बुद्दभुमी” गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको छ ।
गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीत राष्ट्रिय गानको छनौट प्रतिस्पर्धामा पनि परेको थियो । उक्त प्रतिस्पर्धामा ब्याकुल माइलाको “सयौ हामी फुलको थुंगा ” छनोट परेपछि राष्ट्रप्रेम गीत को रुपमा २०६४ सालमा रेकर्ड भएको थियो।
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
राष्ट्रप्रेम र राष्ट्रभाव झल्किने उक्त गीतमा गौतम आफैंले पनि अभिनय गरेका छन् भने भिडियो तयार पार्ने सबै काम उनकै छोरा हरिशचन्द्र गौतमले गरेका हुन्।
गीतमा शम्भुजित बाँस्कोटाले संगित भरेका छन् भने गीत रोशन गुरुङ र माण्डवी त्रिपाठीलगायतले गाएका छन्।
आङ्गौल क्रिएसनले बजारमा ल्याएको उक्त भिडियो उत्पादन सुवास काफ्लेले गरेका हुन्। जीवन थापाको निर्देशन र मनोहर सुनाम वाद्य संयोजन र छायांकन दीर्घ गुरुङको रहेको छ।