क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११ जना रहेकाे छ ।
मलेसियामा हालसम्म संक्रमितको संख्या र मृत्युदर स्थिर रहेको छ । मलेसिया प्रकोप नियन्त्रणको नजिक पुगेको बताएको छ ।
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार ३१७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ८ जना डिस्चार्ज भएपछि ९ हजार ३८ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १५४ मा सक्रिय संक्रमण रहेको छ ।