सिन्धुली । तीनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स्कुलमा छात्रवृत्ती बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०/१२ जनाको समूहले अपहरण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायोगाउँको खानीपाखा जंगलबाट भण्डारीलाई स-कुशल फेला पारी उद्धार गरेको हो ।
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
प्रतिमाको साथबाट २ वटा खाली सकेट बम र १ थान सुतली बम बरामद भएको घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।